सुन मुल्य दिनप्रतिदिन घट्दै, आज तोलाको ९३ हजार एक सय निर्धारण

काठमाडौं, ८ असोज । सुनचाँदीको भाउ निरन्तर ओरालो लागेको छ । सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिए अनुसार आज तोलामा एक हजार २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९३ हजार एक सय रुपैयाँ निर्धारण गरिएको छ ।

हिजो पनि सुनको भाउ तोलामा एक हजार २ सय रुपैयाँ नै घटेर तोलाको ९४ हजार ३ सय रुपैयाँ थियो । केही दिनयता नाफा सुरक्षित गर्नको लागि अन्तर्राष्ट्रिय बजारमा सुन बिक्रीमा आएपछि भाउ घट्दै गएको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताए । यस्तै चाँदी आज तोलामा ७० रुपैयाँ घटेको छ । चा“दी आज तोलाको एक हजार एक सय २० रुपैया“मा झरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति