स्वास्थ्य मन्त्रालयले भन्यो ‘फेरि लकडाउन हुन सक्छ’

काठमाडौं, ७ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार पुगे फेरि लकडाउन गर्नुपर्ने बताएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित कोरोना ब्रिफिङका क्रममा २५ हजार बढी सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष निकालेको बताए ।

२५ हजार बढी संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो छ’ मन्त्रालयका प्रवक्ता गौतमले भने । नेपालमा हालसम्म १७ हजार ४१४ जना सक्रिय संक्रमित रहेका छन्। बुधबार देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेको मन्त्रालयका तथ्यांकले देखाउँछ । जनस्वाथ्य मापदण्ड पालना हुन नसक्ने व्यवसाय एक महिना बन्द गर्न पनि मन्त्रालयको सिफारिस छ ।

त्यस्तै, नेपालमा बितेको २४ घण्टामा थप ११७२ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यो अवधिमा देशभरको प्रयोगशालामा ९४५९ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा १८९३ जना संक्रमणमुक्त भई घर फर्किएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ । हालसम्म नेपालमा कोरोना पुष्टि भएको सङ्क्रमितको कुल सङ्ख्या ६७,८०० नाघेको सरकारी तथ्यांकले देखाउँछ । त्यस्तै मन्त्रालयका तथ्यांकअनुसार बुधबार देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ छ ।

थप ७ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ७ जनाको ज्यान गएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या ४३६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अहिले देशभरि १७,४१४ जनामा सक्रिय संक्रमण रहेका छन् । तीमध्ये ८,२२८ जना संस्थागत आइसोलेशनमा र अरू घरमै छन्। सक्रिय सङ्क्रमितमध्ये आधाभन्दा बढी वाग्मती प्रदेशका जिल्लामा रहेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा ४९,९५४ जना सङ्क्रमित निको भइसकेको सरकारी तथ्यांकमा छ ।

उपत्यकामा ६३७ जना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ६३७ सहित देशभर भने ११७२ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये महिला ४२६ र पुरुष ७४६ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै देशभर कुल संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति