बुहारी बलात्कार गर्ने ससुरा पक्राउ

भोजपुर, ७ असोज । आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले टेम्केमैयुङ गाउँपालिका–९ बस्ने ४५ वर्षीय जयबहादुर राईलाई पक्राउ गरेको हो ।

राईले २० वर्षीया बुहारीलाई पटक–पटक जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका राईले गत साउन १६ गते र भदौ ३१ गते जबर्जस्ती करणी गरेको पीडित महिलाको उजूरीमा उल्लेख छ । प्रहरीले म्याद थप गरी अनुसन्धान थालेको जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board