बाघको छाला र सालकको खपेटासहित एक पक्राउ

काठमाडौं, ७ असोज । प्रहरीले बाघको छाला, सालकको खपेटा तथा आखेटोपहारसहित पोखरामा एक जनालाई पक्राउ गरेको छ । धादिङको गल्छी गाउँपालिका–४ का २८ वर्षीय सन्तोष लामिछानेलाई विशेष सूचनाका आधारमा मङ्गलबार साँझ पोखरा महानगरपालिका–३१ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

पक्राउ परेका लामिछानेको साथबाट बाघको छाला लम्बाइ आठ तथा चौडाइ तीन फिटको एक थान, सालकको खपेटा लम्बाइ दुई फिट पाँच इन्च र चौडाइ ११ इन्चको एक थान तथा वन्यजन्तुको बाघ जस्तो देखिने हाड खुट्टा तथा पञ्चा अन्दाजी तीन किलो ७५० ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्लाभित्र वन्यजन्तुको आखेटोपहार अवैध ओसारपसार तथा कारोवार हुँदैछ भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहतको इलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा प्रदेश नं ३–०२–०११ प ७८०६ नम्बरको मोटरसाइकलको पछाडि जेब्रा झोलामा ती सामग्री लुकाइछिपाइ ल्याएको अवस्थामा नियन्त्रणमा लिइएको प्रनाउ हमालले जानकारी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board