बालुवाटारमा नेकपा सचिवालय बैठकः मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी

काठमाडौं, ६ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटामा भईरहेको छ । आज बालुवाटार बसेको बैठकमा चारवटा एजेण्डामा छलफल केन्द्रित हुने बताईएको छ ।

आइतबार पेरिसडाँडामा सुरु भएको बैठकमा मन्त्रिमण्डल पुनर्गठनको सैद्धान्तिक पक्षमा छलफल भएको थियो । त्यसपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बैठकका एजेण्डामा सहमति खोज्नु भएको थियो ।

आजको बैठकमा अध्यक्षद्वयले आपसी छलफलका आधारमा तय गर्नेगरी मन्त्रिमण्डल पुनर्गठनलाई सचिवालयबाट आफूमा केन्द्रित गर्ने स्रोतको भनाई छ । त्यसपछि एक दुई दिनमा सहमति गरेर मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी रहेको बुझिएको छ ।

यस्ता छन् बैठकका एजेण्डा
१. मन्त्रिपरिषद् पुनर्गठन
२. संवैधानिक तथा अन्य राजनीतिक नियुक्ति
३. सांगठनिक एकताका बाँकी काम
४. विविध यसमा विभिन्न एजेण्डा समावेश

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति