साझा यातायातले भोलिबाट लामो दुरीका गाडी चलाउने, यस्तो छ रुट

काठमाडौं, ६ असोज । साझा यातायातले भोलीबाट लामो दुरीका गाडी चलाउने भएको छ । साझाले बुटवल–भैरहवा–सुनौली र काठमाडौं-पोखरा–कुस्मा–बाग्लुङ रुटमा गाडी चलाउने बताएको छ ।

साझाले कोरोना संक्रमणमा सचेत अपनाई सामाजिक दुरी कायम गर्दै लामो दुरीमा पनि यातायात सञ्चालनमा ल्याउन लागेको हो । भोलि साझ ७ बजे बाग्लुङको र सवा ७ बजे सुनौलीको गाडी हरिहरभवन–नयाँ बसपार्क हुँदै छुट्नेछ ।

साझाले दुवै गन्तब्यमा जाने र आउने गरी २–२ वटा गाडी संचालन हुने बताएको छ । यात्रुले साझाको कार्यालय हरिहरभवन, नयाँ बसपार्क वा ई–सेवाबाट टिकट काट्न सकिनेछ । नेपाल सरकारले तोकेअनुसार गाडीको भाडा हुनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति