मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी, यी विषयमा हुँदैछ छलफल

काठमाडौं, ६ असोज । मन्त्रिपरिषद् बैठक अहिले बालुवाटारमा जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान आव्हान गरेको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकाल थप गर्ने लगायतका विषय छन् । हिजो साँझ बालुवाटारमा प्रधानमन्त्री ओलीकै अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले प्राधिकरणको म्याद एक वर्षले थप गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो ।

निर्देशक समितिको सिफारिसलाई मन्त्रिपरिषदबाट अनुमोदन गर्ने तयारी छ । यस्तै, नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति तथा विभिन्न देशमा रिक्त राजदूत सिफारिसका विषयमा पनि निर्णय हुन सक्ने एक मन्त्रीले जानकारी दिए । प्रधानमन्त्री एवं निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा सोमबार बेलुकी बसेको समितिको १७ औं बैठकले प्राधिकरणको कार्यावधि थप गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पाच वर्षमा पुनर्निर्माणमा महत्वपूर्ण काम हुँदाहुँदै कोभिड–१९ महामारीका कारण प्रभावित निजी आवास पुनर्निर्माण, धरहरालगायतका महत्वपूर्ण संरचनाको पुनर्निर्माण सम्पन्न गर्ने गरी समय थपको सिफारिस गर्ने निर्णय भएको जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति