वीरगञ्ज, ५ असोज । बारा र रौतहटको सीमा क्षेत्रमा स्थानीयबीच झडप भएको छ । विवादित पुल निर्माण कार्य सुरु गरिएपछि उक्त क्षेत्रमा झडप भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बाराको आदर्श कोतवाल गाउँपालिका रुपौलिया र रौतहटको विजयपुर फतवाको मेवा गाउँका बासिन्दाबीच झडप भएको हो । झडपमा दुवै तर्फका केही स्थानीय घाइते भएका छन् ।
झडपको क्रममा टाउको हात, खुट्टामा चोट लागेको प्रहरीको भनाई छ । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार गराईएको छ ।
दुई गाउँबीच झडप भएको जानकारी पाएपछि स्थिति नियन्त्रणमा लिन प्रहरी टोली पुगेको थियो । अहिले अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रको भनाई छ ।
हुलाकी राजमार्ग अन्तर्गत अरुवा नदीमा पुल निर्माणाधिन अवस्थामा छ । विवादकै कारण पुल निर्माणले गति लिन सकेको छैन । विवाद समस्या समाधान नै नगरी सोमबार पुल निर्माण कार्य सुरु गरिएपछि विवाद भएको थियो । विवादले उग्ररुप लिँदा दुबैतिरका स्थानीय बासिन्दा एक अर्कामाथि जाइलागेका थिए ।
प्रतिक्रिया