‘स’ चहानेले ‘क’ र ‘ब’ मा सुधार गर्ने की ?

मानिसको श्रृष्टि सुखी र खुसी हुँदै पृथ्वीमा अन्य कुराको ब्यबस्थापनका लागि भएको हो । तर, हामी जहिले पनि दुखी बन्छौ यसको कारण नै हामी हौ किनकी हामी आफू प्रति कठोर र अरु प्रति नरम हुनुपर्नेमा अरु प्रति कठोर र आफू प्रति नरम भयौँ । समस्या जताततै यसैप्रति देखिन्छ । हामी आफूमा समस्या नदेख्ने र अरुमा समस्या मात्रै देख्ने बानिका कारण पीड़ित छौँ त्यो पीड़ाको दोषी अरूलाई देख्ने र देखाउने बानीको मूल्य अन्तत हामीले नै चुकाउनु पर्दछ ?

हामी आफुमा चाहिँ समस्या नदेख्ने र समस्या अरुमा देख्ने बानिले ग्रसित छौँ । त्यो पीडाको दोषी अरुलाई देख्ने र देखाउने बानीको मुल्य अन्ततः हामी आफैले नै चुकाउनु पर्दछ ।

यो भनाई स्टाफ कलेजमा सेवाकालीन तालिम लीदै गर्दा योग गुरु डा. राजू अधिकारीले सकारात्मक सोचको कक्षा लिदा भन्नु भएको थियो । हो पनि मानिसको सत्रु अर्को मानिस कहीलै पनि हुन सक्दैन, सत्रु छ भने हाम्रो कुण्ठा, कुदृष्टि, क्रोध नै हुन् ।

अरुको गल्तिलाइ बत्ती बालेर खोजने र आफू भगवानको अबतारको रुपमा आएको जस्तो गर्ने बानि बनाएका हामीलाई यो बिषय सजिलै त स्वीकार हुने संभावनै छैन र पनि अन्तिम सत्य यही हो । यही कारणको निर्मूलीकरण नै सब भन्दा उत्तम उपाय हो

हामी सबै भन्दा उत्तम ब्यबस्था र आचरणका लागि कुदिरहेका छौँ । जनताको चहानायुक्त शासन ब्यबस्था र त्यसलाई संचालन गर्ने आचरण र नैतिक जनशक्ति को ब्यबस्था नै ऐलेको खड्केकों पक्ष हो । बहुदलीय ब्यबस्थामा अबिबेकपूर्ण तबरबाट पक्ष बिपक्षमा लाग्दा र सम्बन्धलाई स्वार्थमा मात्र जोड़दा हामी गलत बाटो हिडीरहेको स्पष्ट भइरहेको । यसले बिकाश र संबृद्धिलाई भन्दा पनि बिनाश र अबनतिलाई नै पक्षपोषण गरी रहेको छ ।

न्याय र मानबता क्रमश हराउदै गएको, गुनासो, आक्रोश बढेको र बर्तमानलाई हेर्दा भबीश्य आशा लाग्दो नभई बिगत नै राम्रो भएको तर्क ऐले जताततै सुनिञ्छ, यसका पछाड़ी मानबीय पक्षकै पर्याप्त कमजोरी देखिन्छ । आफ्नो काजोरी सुधार गर्ने क्षमता र हकदार आफै हुदा बिलम्ब नगरी अगाडि बढ्नु जरूरी छ :

१. हाम्रो चाहना मुख्य गरी ‘स’ हो , के हो त स ?
सहयोग, समन्वय, सांझेदारी, समझदारी, सदभाव, सक्षमता, सरलता, सदाचार, सुख, शान्ति, सुशासन र संबृद्धि हाम्रा अभिष्ट चहाना हुन् । संसारको जोड़ यसैमा देखिन्छ तर जोड़ एउटामा र होड अर्कोमा हुदा चाहना बाहानामा मात्र सीमित रहेको छ । एक बारको जुनीमा चहाना पूरा गर्नेमा जोड़ दिने कि ?

२ . बर्तमान समयमा हामीमा जगडिएर बसेको स्वभाव ‘क’ के हो क ?
कुण्ठा,क्रोध,कुदृष्टि,कुबिचर,कुभलो,कपट,र कुटाकुट,हाम्रा निन्दनीय बानी र स्वभाब हुनु आफूमा रहेका यि गलत र हानिकारक स्वभाव-बानी हटाऊन र घटाउन नखोज्ने तर अरूलाई उपदेश र निर्देश गर्न मै हाम्रो दिनचर्या बीतेको देखिन्छ जसबाट हामी र हाम्रो समाज दुर्घन्धित बनेको छ । आफ्नो आङ्को भैसी नदेखेर अरुको आङ्को जुम्रो देखाउन रोइलों छ हामीमा यो अरु केही नभएर मति भ्रष्ट र गति भ्रष्ट अवस्था हो, एक बारको जूनीमा यसलाई जति सक्यो न्यूनीकरण गर्ने तर्फ लाग्ने कि ?

३. हामीले गर्नु पर्ने सुधार ‘ब’ के हो ब ?
बिचार, बानी, ब्यबहार बोली हो, अशल बिचार,बानी ब्यबहार र बोली लाई आत्मसात गर्न सक्यौ भने हाम्रा सबै पक्ष सुन्दर बन्छन हामीमा देखिने क प्रबृति न्यून हून गई हामीले चाहेको स प्राप्ति हुनेमा संका डेखिदैन, त्यसैले एक बारको जुनीमा जे पर्छ पर्छ आजै बाट बिचार, बानी ब्याबहर र बोली सुधार तर्फ लाग्ने कि ?

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board