जुरे पहिरो: पिडितको मतलव नै नगरी क्रसर सञ्चालन, सम्बन्धित निकाय नै कमिसनको खेलमा !

सिन्धुपाल्चोक, ५ असोज । बाढी पहिरोबाट हरेक वर्ष सिन्धुपाल्चोक मात्रै सयौंको ज्यान जाने गरेको छ । लगातार ७ वर्ष अघिदेखि हरेक वर्ष सिन्धुपाल्चोकमा पहिरो गइरहेको छ ।सिन्धुपाल्चोकबासीले हरेक वर्षायाम भोग्नुपरेको समस्याका समाधान पहल स्थानीयतथा केन्द्रीयस्तरमा पट्क्कै हुन सकेको छैन । चीन नेपालको सबैभन्दा छोटो तातोपानीनाका अहिलेसम्म बन्द नै छ ।

अन्यक्षतिकुनै लेखाजोखा नै छैन । स्थानीय नेता पेजेरो र केन्द्रीय नेता हेलिकप्टर चढेर बाढी पहिरो र भुकम्पको बेलानिरीक्षणमा जान्छन् र सामाजिक सञ्चालमा प्रचार गर्ने परम्परालाई निरन्तरता दिने गरेका छन् । अरनिको राजमार्गदेखि गोदावरी राजमार्गसम्म दर्जनौं स्थानमा पहिरो जादा देशकै चीनसंग छोटो नाकाबन्द भएर करोडौं भन्सार उठ्न सकेको छैन । स्थानीयले मात्रै होइन देश नै क्षतिव्यहोर्दा पनि सरकारले कुनै चासो देखाएको छैन । वि. स. २०७१ साउन १७गते गएको भीषण जुरे पहिरो डेढ सयभन्दाले ज्यान गुमाए भने जुरेबासी घरबार भई अहिलेसम्म दैनिकी कष्टकर छ ।

त्यसपछिको वि।स २०७२ बैशाख १२ गतेको विनाशकारी भुकम्पले पीडामाथि पीडा थप्यो । बाढीले बगाएको बाँकी रहेको जमिनपनिभुकम्पले सुनकोशी नदीमा मिसाइदियो । आफ्नो जमिनकहा पुग्यो भनेर अहिलेपनि जुरेबासी अन्योलमा छन् भने पहिरो गएको सुनकोशी नदीको किनारमा अवैधानिक क्रसर उद्योग खोलेर जुरेबासीलाई पीडा मात्र होइन पीडितको बालबालिका पढ्ने विद्यालयमा समेत वातावरण प्रदुषण भएको छ ।

पहिरो र भुकम्पपीडित जुरेमा क्रसरका कारण जमिन बग्ने क्रम रोकिएको छैन भने अझै क्रसर बन्द नभएमा अरनिको राजमार्गमासमेत दिर्घकालिन असर पर्ने पक्का छ । क्रसर बन्द गराउन पहल गराउनको सट्टा राजनीतिक प्रशय पाएका कारण क्रसर उद्योगी ठुक्क भएर सञ्चालन गरिरहेका छन् ।राजनीतिकदलका नेताहरु पीडितको जमिन पहिचान गराएर दैनिकी सहज गराउनको सट्टा पीडितको जमिन क्रसर उद्योग सञ्चालनगर्दा मौन बस्नुको कारण सहजै अनुमानगर्न सकिन्छ ।कुनै निकायबाट सहयोग नभएपछि जुरेबासीले विभिन्न सम्बन्धित निकायमा ध्यानाकर्षण पत्र समेत बुझाउदा पनि आफ्नो गुनासोको सुनुवाई नभएको पीडित स्थानियबासी बताउछन् ।

जुरेबासीले न्यायका लागि जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक, जिल्ला समन्वय समितिको कार्यालय, सिन्धुपाल्चोक, जिल्ला नापी कार्यालय, सिन्धुपाल्चोक, जिल्ला मालपोत कार्यालय, सिन्धुपाल्चोक, घरेलु तथा साना उद्योग विकास समिति सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका कार्यालय, सिन्धुपाल्चोक, जिल्ला वन कार्यालय, सिन्धुपाल्चोक, नेकपा जिल्ला कमिटी, सिन्धुपाल्चोक, नेपाली कांग्रेस जिल्ला समिति, सिन्धुपाल्चोक, प्रदेश नम्बर ३ माननिय मुख्यमन्त्रीको कार्यालय, हेटौंडा, उद्योग, वनपर्यटन तथा वातावरण मन्त्रालय, हेटौंडामा समेत विभिन्न मितिमा ध्यानाकर्षण पत्रबुझाएका छन् ।

सबै सम्बन्धित निकायमा ध्यानाकर्षण गराउदा समेत कुनै निकायले चासो नदेखाएको पीडितको गुनासो छ । उनीहरुले आफ्नो भूमिमा रहेको अवैध क्रसर बन्द गराएर भूमि फिर्ताको माग गरेका छन् । पीडितहरुकोआफ्नो माग पुरा नभए आन्दोलन, अनसन जस्ता कार्यक्रम गर्न बाध्य हुने बताउँछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति