बेलुकी ७ बजेसम्म पसल सञ्चालन गर्न दिइने

काठमाडौं, ५ असोज । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरको आज बसेको बैठकले जिल्लाका सबै स्थानीय तहमा खाद्यान्न, औषधि पसल, तरकारी फलफूल र इन्धनलगायत पसल बेलुकी ७ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

बैठकले होटेल तथा रेस्टुराँभित्र खाना खाजा खान निषेध गरेको छ । सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी जिल्लाभरि नै दलगत भेला, जुलुस, धर्ना तथा धार्मिक पर्व आयोजना गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रवक्ता देवचन्द्र गडतौलाले जानकारी दिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति