अब विश्व बजारमा ‘नेपाल टी’, १२ कम्पनीले लोगो पाउँदै

बनियानी, ५ असोज । नेपाल चिया उत्पादन शुरु भएको १५७ वर्षपछि आफ्नै लोगो ९टे«डमार्क० मा नेपाली चिया निर्यात हुने भएको छ । ‘नेपाल टी क्वालिटी फ्रर्म द हिमालयाज’ लोगो अङ्कित चिया अब विश्व बजारमा निर्यात हुने राष्ट्रिय चिया तथा कफी विकास बोर्डका क्षेत्रीय प्रमुख इन्द्रप्रसाद अधिकारीले बताए ।

“कार्यविधि बनेर लोगो कार्यान्वयनको चरणमा पुगेको छ”, उनले भने, “पहिलो चरणमा देशभरका १२ वटा कम्पनीले लोगो पाउँदैछन् ।” उनले मापदण्ड पूरा गरेर क्रमशः अन्य उद्योगलाई पनि लोगो प्रदान गरिने बताए ।

स्वास्थ्य, वातावरणीय, पर्यावरणीयलगायतका मापदण्ड पूरा गरेपछि मात्र लोगो पाउने उनले बताए । हाल प्रदान गरिने लोगो अर्थोडक्स चियाका लागि हो । लोगो कार्यान्वयनमा आएपछि विश्व बजारमा नेपाली चियाको विश्वसनीयता बढ्ने प्रमुख अधिकारी बताउँछन् । “कानूनी मान्यताप्राप्त लोगो नहुँदा नेपाली चियाले विदेशमा त्यति धेरै विश्वास आर्जन गर्न सकेको थिएन”, उनले भने,“लोगो कार्यान्वयनमा आएपछि नेपाली चिया क्षेत्रमा धेरै फाइदा पुग्ने छ ।” विदेश निर्यात हुने कृषि जन्य वस्तुमा चिया प्रमुख बालीमा पर्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board