५ दिनसम्म ठूलो वर्षा हुने र हावाहुरीसमेत आउने सम्भावना

काठमाडौँ, ५ असोज । जल तथा मौसम विज्ञान विभागले भोलि सेप्टेम्बर २१ रातिदेखि ५ दिनसम्म ठूलो वर्षाका साथै हावाहुरीको सम्भावनासमेत रहेको भन्दै सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

आइतबार साँझ ७ बजे विशेष मौसम बुलेटिन जारी गर्दै विभागले हाल उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम उत्तर-पश्चिमतर्फ सर्ने क्रममा आगागमी ४/५ दिन नेपालका धेरै स्थानमा मेघगर्जनरचट्टयाङसहितको वर्षा तथा केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना देखिएको जानकारी दिएको हो । साथै हावाहुरीसमेत आउने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति