काठमाडौं । राजतन्त्रलाई चुनौति दिँदै लगातार दोस्रो दिन थाइल्याण्डको राजधानी बेइजिङमा हजारौँको संख्यामा प्रर्दशन भएको छ । राजा महा भजिरालङ्कोर्नको राजतन्त्रन्त्रलाई चुनौती दिँदै प्रदर्शनकारीले मार्च गरेका हुन् ।
अलजजिरा समाचार अनुसार राजाको अधिकारमा कटौतीसहित राजतन्त्रको पुनर्संरचना गर्नुपर्ने प्रदर्शनकारीहरुको माग रहेको छ । दुई महिनादेखि जारी प्रदर्शनमा पछिल्लो समय राजतन्त्र र सैन्य वर्चश्व रहेको संस्थापनविरुद्ध खुलेर आवाज उठ्न थालेको छ । राजतन्त्रको आलोचना गर्न थाइल्याण्डमा वर्जित रहेको छ भने कानुनीरुपमा दण्डनीय छ । प्रदर्शनबारे राजदरवारले कुनै प्रतिक्रिया दिएको छैन । राजा भजिरालङ्कोर्न हाल थाइल्याण्डमा छैनन् ।
प्रदर्शनकारीहरुलाई सयौँको संख्यामा रहेका प्रहरीले रोकेका थिए । प्रदर्शनकारीहरुका अनुसार रोयल गार्ड प्रहरीले आफ्नो माग प्रहरी हेडक्वार्टरमा दिन स्वीकार गरेको बताउँदै यसलाई आफ्नो जीतको संज्ञा दिएका छन् । प्रहरीले यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।
समाचार अनुसार प्रदर्शनकारीहरुले आगामी बिहीबार पनि प्रदर्शन गर्ने र १९७३ को विद्यार्थी विद्रोहको वर्षगाँठको अवसरमा अक्टोबर १४ मा बन्दको आयोजना गर्ने बताईएको छ ।
प्रतिक्रिया