काठमाडौँका ५७० सहित उपत्यकामा थपिए कोरोना ७११ संक्रमित

काठमाडौं, ३ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७ सय ११ जजनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको तथ्यांक अनुसार काठमाडौंमा ५७० ललितपुरमा ५८ र भक्तपुरमा ८३ गरी जम्मा ७ सय ११ संक्रमित थपिएका हुन् । २४ घण्टामा उपत्यकासहित देशभर भने १ हजार २०४जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार ४४७ जना निको भएका छन् भने निको हुनेको कुल संख्या ४५ हजार २६७ पुगेको छ । यसैबीच आज थप ११ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ४०१ पुगेको छ । आज देशभर सक्रिय सक्रमितको संख्या १७ हजार १२९ रहेको छ । जसमा बितेको २४ घण्टामा १० हजार ३३३ जनाको पीसीआर भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति