मदन बांचेको भए देशको राजनीति अर्कै हुने थियो – मोहनविक्रम (भिडियो)

काठमाडौं । नेकपा मसशालका महामन्त्री मोहन विक्रम सिंहले माओवादी र एमालेबीचको एकताले देशको राजनीति स्थिति नै बदलेको बताए । नेकपा क्रान्तिकारी नभएपनि देशभक्त र वामपन्थी पार्टी भएकाले देशको स्थिरता र प्रतिक्रियावादी हरकतलाई रोक्ने शक्ति यही मात्र रहेको समेत ठोकुवा गरे

महामन्त्री सिंहसंग एबीसी न्युजका अध्यक्ष तथा प्रधानसम्पादक शुभशंकर कंडेलसंग आउटलुक कार्यक्रमका लागि कुरा गदै नेता सिंहले नेपालको कम्युनिष्ट आन्दोलनमा प्रचण्ड र मदन भण्डारी निकै चलायमान र नेता भएको समेत विश्लेषण समेत गरे ।

प्रचडको सक्रियताले २०४० सालमामा निर्मल लामाले आफुलाईलाई युवक मोर्चालाई पार्टीको समानान्तर संगठन बनाएको समेत आरोप लगाए । उनले भने प्रचण्डजी त्यो मोर्चोको ससंयोजक हुनुहुन्थ्यो । उहांको सक्रियाताले त्यसले निकै राम्रो संगठन बनेको पनि थियो । त्यो प्रचण्डको विशेष क्षमता हो । नेता सिंहहले मदनको हत्या भएपछि आफूले मदन बांचेको भए भन्दै दुई वटा लेख मार्फत देशको अवस्था अर्कै हुने विश्लेषण प्रस्तुत गरेको समेत उनले बताए । नेता सिंहसंग ऐतिहासिक देखि वर्तमान नेकपाको विवाद र कम्युनिष्ट आन्दोलनका बारेमा गरिएको विशेष कुराकानीको पूरा भाग एवीसी न्यूजमा शनिबार राती ९ बजे आइतबार विहान ८ बजे र दिउंसो ३ बजे प्रसारण हुने छ ।

भिडियोमा हेर्नुहोस्


  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board