भारतमा एकैदिन ९२ हजारमा कोरोना संक्रमण: संक्रमितको संख्या ५३ लाख नाघ्यो

काठमाडौं, ३ असोज  । भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ५३ लाख नाघेको छ ।

दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ९२ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । शनिबार भारतमा ९२ हजार ७८९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५३ लाख ५ हजार ४५७ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

संक्रमितमध्ये अहिलेसम्म ४२ लाख ५ हजार २०१ जना संक्रमणमुक्त भएका छन् भने १० लाख १४ हजार ६४९ जनाको उपचार भइरहेको छ ।यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ८५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार २२१ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ८५ हजार ६२५ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति