काठमाडौं, २ असोज । भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले कोभिड १९ का सङ्क्रमित स्वास्थ्यकर्मीहरुको बेवास्ता गरेको आरोप लगाए । उनले भारतीय सरकारले कोभिड १९ को उपचारमा खटिरहेका भारतका स्वास्थ्यकर्मीहरुको तथ्यांक नराखेको र बेवास्ता गरेको बताए ।
काँग्रेस नेता गान्धी भारतको वर्तमान सरकारको आलोचना गरेका छन् । पछिल्लो समयमा उनले कोभिडको उपचारमा खटिँदा सङ्क्रमित भएका स्वास्थ्यकर्मीकै तथ्यांक नराखेको भन्दै सरकारको विरोध गरे । उनले शुक्रबार आफ्नो ट्वीटर अकाउन्टमा भने– भारतको केन्द्रीय सरकारले जवाफ देओस कि किन भारतमा कोभिडका योद्धाहरु यसरी अपमानित भएका छन् ? किन उनीहरुलाई यसरी बारम्बार बेवास्ता गर्ने गरिन्छ ? उनले प्रश्न गरे ।
बिहीबार मात्र भारतको सरकारले कोभिडका विरुद्धमा उपचारमा संलगन भएका अथवा नभएका गरी स्वास्थ्यकर्मीको यकिन तथ्यांक सरकारसँग नरहेको जानकारी गराएको थियो । केन्द्र सरकारको सो भनाईको बिहीबार पनि काँग्रेसले कडा विरोध गरेको थियो । आज पुनः नेता गान्धीले ट्वीट गरेर विरोध गरे ।
बिहीबार मात्र पनि भारतीय काँग्रेसका नेताहरुले पछिल्लो समयमा कोभिड १९ का कारणले भारतमा बेरोजगारी दर निकै बढेको भन्दै रोजगारीका अवसरहरु तयार पार्न सरकारसँग कुनै योजना नभएको भन्दै विरोध गरेका थिए ।
प्रतिक्रिया