काठमाडौं, २ असोज । वैज्ञानिकहरूले अब ९० मिनेटमा कोरोनाभाइरस सङ्क्रमण भए नभएको छुट्याउन सकिने बताएका छन् । कुनै विशेष प्रयोगशालामा नमुना नलगी एक किसिमको र्यापिड टेस्ट अर्थात् द्रुत परीक्षण विधिबाट ९० मिनेटमै कोरोना संक्रमणबारे थाहा हुने बैज्ञानिकहरुको भनाई छ ।

इम्पीरीअल कलेज लन्डनले गरेको एउटा अध्ययनमा (ल्याब अन अ चिप)ले अहिले प्रचलनमा भएको परीक्षणको जस्तै परिणाम दिएको देखिएको बीबीसीले उल्लेख गरेको छ । उक्त उपकरण अहिले यूकेको राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसद्वारा सञ्चालित आठवटा अस्पतालमा बिरामीहरूमा कोरोनाभाइरस छ कि छैन भनेर चाँडै छुट्याउन प्रयोग भइरहेको जनाएको हो । तर, विज्ञहरूले यूकेको टेस्ट एन्ड ट्रेसु कार्यक्रममा विद्यमान चुनौतीलाई उक्त किटले समाधान नगर्ने औँल्याएका छन् ।

ुल्याब अन अ चिप ः यो उपकरण डीएनए नज नामक कम्पनीले बनाएको हो। घाँटी वा नाकमा स्वाब हालेर नमुना सङ्कलन गर्न सक्ने जोसुकैले पनि यो उपकरण प्रयोग गर्न सक्छ। परीक्षणका लागि आवश्यक रासायनिक पदार्थ भएको एउटा नीलो काट्रिजमा स्वाब हुन्छ। परीक्षणपछि विसर्जन गर्नुपर्ने काट्रिज एउटा जुत्ता राख्ने बाकसजत्रो यन्त्रमा राखिएको हुन्छ। लान्सिट माईक्रोब नामक वैज्ञानिक जर्नलमा यसबारे गरिएको शोध प्रकाशित भएको छ। उक्त अध्ययनमा ३८६ व्यक्तिबाट सङ्कलित नमुनाहरू डीएनए नज र प्रचलित विधिबाट परीक्षण गरिएको थियो।
यो परीक्षण विधि अस्पतालहरूमा भविष्यमा अझ उपयोग हुनसक्ने विज्ञहरुले जनाएका छन् । कोरोनाभाइरस, रुघा र बालबालिकामा श्वासप्रश्वासम्बन्धी समस्या उत्पन्न गराउने सिन्सिशीअम भाइरसको परीक्षण एकैचोटि गर्न सकिन्छ।

तर यो उपकरणले धेरै नमुना एकैचोटि जाँच्न नसक्ने भएकाले एक दिनमा एक करोड व्यक्तिको परीक्षण गर्ने योजनामा यो उपयोग नबन्न सक्छ। यो अध्ययनमा कुनै संलग्नता नभएका यूनिभर्सिटी अफ वोरिकका प्राध्यापक लरेन्स यङले यो विधिको प्रशंसा गरेका छन्।
प्रतिक्रिया