अफगान सेना र तालिवानबीच झडप: ५४ जनाको मृत्यु

काठमाडौं, २ असोज ।  अफगानिस्तानको पूर्वी नान्गाहर र पश्चिमी बाग्गिस प्रान्तमा बुधबार रातको समयमा भएका झडपमा कम्तीमा २३ सैनिक र ३१ लडाकुको मृत्यु भएको छ। घटनामा दर्जनौं तालिवान लडाकुहरू घाइते भएका छन्।

अफगानिस्तानमा शान्ति स्थापनाका लागि सरकारी तथा तालिवान प्रतिनिधिहरूबीच कतारको राजधानी दोहामा वार्ता भइरहेका बेला दुवै पक्षबीच ठूलो भिडन्त भएको हो। प्रान्तीय सरकारका प्रवक्ता अत्ताउल्लाह खोगियानीले दिएको जानकारीअनुसार नान्गाहर प्रान्तमा २० सैनिक र २९ तालिवान लडाकुको मृत्यु भएको छ। घटनामा कम्तीमा १५ सैनिक र २० लडाकु घाइते छन्।

पश्चिमी बग्गिस प्रान्तमा कादिसको जिल्ला प्रशासन कार्यालयमा हमला गर्ने आक्रमणकारीविरुद्ध सुरक्षा फौजले गरेको कारबाहीमा ३ जना सैनिक र २ जना विद्रोहीको मृत्यु भएको थियो। घटनामा ६ सैनिक र ५ विद्रोही घाइते भएका छन्।

जिल्ला प्रमुख हैदर सरिफीले सिन्ह्वासँग भने, ‘प्रशासन कार्यालयलाई लडाकु समूहले कब्जा गर्न खोजेपछि सुरक्षा कार्यालयमा तैनाथ सैनिक तथा प्रहरीले जवाफी कारबाही चलाएका हुन्।’

भिडन्तका क्रममा जिल्ला कार्यालय भवनका केही भाग र एउटा सशस्त्र सेनाको गाडीमा विद्रोहीले आगो लगाएको जनाइएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति