Banner First

‘भोकबाट नमर्नका लागि अर्थतन्त्र चलायमान गराउनुको विकल्प छैन’

कोभिड–१९ कोरोनाको संक्रमणले देशभर गरिएको लकाडाउनका कारण बैंक तथा वित्तीय क्षेत्रमा तरलताको अवस्था सृजना भएको छ । कोरोनाको कारणले उद्योग र व्यापारलगायत सञ्चालन नभएका कारण कर्जा प्रवाह खुम्चिएको छ । बैंकहरुमा थुप्रिएको अर्बाै रुपैंयाँ अर्थतन्त्र चलायमान गराउनका लागि के गर्न सकिन्छ ? बैंकहरु नयाँ कर्जाको माग नभएपछि बैंकबीचमा पुरानै कर्जा खोसाखोस प्रतिस्पर्धा लगायतको बिषयमा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा सानीमा बैंकका प्रमुख कार्यकारी भुवन दाहालसंँग नेपाल पेजको लागि छबि सापकाटाले गरेको कुराकानी:

छ महिना लामो कोभिड–१९ ले बैंक तथा वित्तीय संस्थामा कस्तो असर गर्यो ?

अर्थतन्त्रलाई सबै क्षेत्रसँगै कोभिड–१९ को असर बैकिङ क्षेत्रमा धेरै नै परेको छ । अर्थतन्त्रमा अन्य क्षेत्रमा सकारात्मक भयो भने बैकिङ क्षेत्रमा समेत सकारात्मक हुन्छ, नकारात्मक भयो भने बैकिङ क्षेत्रमाा पनि नकारात्मक प्रभाव पर्छ । कोभिड–१९ अर्थतन्त्रमा बिभिन्न क्षेत्र सिथिल भएको अवस्था भएको कारण धेरै क्षेत्रमा जोखिमकै अवस्था छ । त्यसको रिफ्लेक्सन बैकिङ क्षेत्रमा देखिएको छ । बैंकरहरु कोरोना संक्रमणबाट ग्रसित भएको अवस्था छ तर पनि सर्तक भएर बैकिङ क्षेत्रले आर्थिक कारोबारलाई निरन्तरता दिइरहेको छ ।

स्वास्थ्यको पोट्रोकल मेन्टेन गर्दै काम गरिरहेका छौ । अहिले सबै बैंक तथा वित्तीय संस्थाहरुमा मानिसको भिडभाड नहोस भनेर सकेसम्म डिजिटल प्रविधिको प्रयोगलाई प्राथमिकता दिएका छौँ। सबै बैंकहरुले कुनै पनि बैंकको एटिएम प्रयोगलाई निःशुल्क बनाएका छौ । यस्तै अर्थतन्त्रमा कोरोनाले नकारात्मक असर गरेको हुनाले बैकिङ क्षेत्रमा निक्रिय कर्जा बढ्दो क्रममा छ । यो अहिलेको सबैभन्दा ठुलो चुनौतीको रुपमा बैकिङ क्षेत्रले लिइरहेको अवस्था छ ।

कोभिडको असरको कारण बैंकहरुमा निक्षेप थुप्रिएर तरलताको अवस्था देखिएको छ । यस्तो अवस्थाको समाधानका लागि बैकरहरुले के रणनीति ल्याउँदै हुनुहुन्छ ?

कोरानाको कारण रेमिट्यान्स घट्ने हो कि भनेर हामीलाई प्रमुख चिन्ता थियो । रेमिट्यान्स त्यति घटेन । अहिले देखिएको तरलता चिन्ताको विषय भए पनि सकारात्मक चिन्ताको विषय हो । अहिले जुन २ खर्बको निक्षेप फण्ड आएको छ यसलाई बजारमा जसरीले पठाउनु पर्ने देखिन्छ । तर अहिले कर्जाको माग घटिरहेको अवस्था तथापि पछिल्लो भदौ महिनामा कर्जाको माग विस्तारै बढ्नथालेको छ । जुुन २ खर्बको निक्षेप छ त्यो कर्जामै प्रयोग होस् भन्ने हाम्रो चाहना हो । त्यसैगरी, तरलताको म्यानेमेन्टको लागि अन्य तत्वहरुको विषयमा समेत राष्ट्र बैंकसँग छलफल गरिरहेका छौँ । हामीलाई ठूलो आशा छ समयमै अहिलेको तरलताको अवस्थालाई समाधान गर्न सक्छौ ।

बैंकरहरुले सहयोग गर्ने भनेको व्यवसायीले माग गरेको कर्जाको ब्याजदर हो । व्यवसायीहरुले थप कर्जाको माग हो । उद्योगी व्यवसायीहरुलाई यी विषयमा बैंकले सहयोग गर्दै आएको छ । कर्जा प्रवाह गर्नका लागि अहिले बैंकसँग प्रसस्त रकम छ । प्रवाह समेत गरिहेका छौ ।

बैंकहरुले पुर्नकर्जाको लागि आएको आवेदनलाई कसरी अगाडि बढाइएको छ ?
बैंकहरुले आधार ब्याजदर समेत घटाएर कर्जा प्रवाह गर्ने थालेका छन । यो प्रतिप्रर्धाले बैकिङ क्षेत्रमा कस्तो असर गर्ला ?

हामी सबै के थाहा छ भने कोरोना भाइरसले अर्थतन्त्रमा नकारात्मक असर गरिहेको छ । कोरोनाको सक्रमणको सुरुवातदेखि अहिलेसम्म नै उद्योग व्यवसायीहरु ठुलो मर्कामा पर्दै आउनुभएको छ । व्यवसायीहरुले सुरुदेखि नै जुन कर्जाको ब्याजदर तिरिरहनु भएको थियो घटाइदिनु प¥यो । सिंगल डिजिटमा आउनुप¥यो भनेर माग गर्नु भएको थियो । यस विषयमा राष्ट्र बैंक र बैकर संघ पनि कसरी ब्याजदर घटाउन सकिन्छ भनेर लाग्यौं । यस्तै निक्षेप दरलाई पनि खासै असर नगर्ने गरी के गर्न सकिन्छ भनेर छलफलमा हामी लागिरहेका छौ ।

त्यसको कारणले गर्दा पनि अहिले कर्जाको ब्याजदर घट्न सफल भएको छ । त्यो व्यवसायीहरुका लागि सुखद् पक्ष हो । यस्तो बेलामा व्यवसायी बाँच्नुभयो भने बैंकहरु पनि बाँच्न सक्छौ भनेर ब्याजदरलाई सकेसम्म घटाउने वातावरण बनाइरहेको अवस्था छ । अर्थतन्त्र सकारात्मक भयो भने बैंकहरुमा पनि सकारात्मक असर पर्छ । त्यही भएर हामीले उद्योगी ब्यवसायीलाई यस्तो सयममा कसरी सर्भाइभ गर्न सकिन्छ भनेर काम गरिहेका छौ । अहिले कर्जाको ब्याजदर घट्दा व्यवसयीहरुलाई सर्भाइभ हुन केही सजिलो भएको छ । ब्याजदरको एंगलबाट हेर्दा अहिले आत्तिहाल्नु पर्ने अवस्था छैन ।

नयाँ कर्जाको माग नभएपछि बैंकबीचमा पुरानै कर्जा खोसाखोस गर्ने प्रवृत्ति देखापरेको छ । अहिले कर्जा तान्नका लागि अस्वस्थ प्रतिस्पर्धा देखिन थालेको हो ? किन यस्तो अवस्था सृजना भएको होला ?

होइन, सामान्य तथा प्रतिपस्र्धा भनेको जहिले पनि चलिरहेकै हुन्छ । अहिले २७ वटा वाणिज्य बैंक, फाइनान्स कम्पनीहरुसमेत एउटै बजारमा काम गरिहेको अवस्था छ । सबैसँग निक्षेप बढिरहेको छ । त्यसैले सबै बैंकहरुले आफुसँग भएको फण्डको सदुययोग होस् भन्ने नै हुन्छ । सदुयोग गर्ने बिभिन्न विधिमध्ये एउटा महत्वपूर्ण क्षेत्र भनेको ऋण नै हो । ऋणमा प्रयोग गर्दा धेरै फाइदा गर्न सकिने हुनाले पनि अरुको लोन तान्न प्रतिस्पर्धा हुने गरेको पाइन्छ ।

यो बेलामा कर्जाको माग कम भएको बेलामा बैंकहरुबीच अली बढी नै प्रतिस्पर्धा भएको हो । यस्तै साउन भदौमा सरप्लस फण्ड हुन्छ ब्याजदर घटाएर अरु बैंकहरुको ऋण तान्न बैंकहरुबीच प्रतिप्रर्धा नै छ भन्दा हुन्छ । यस्तै यसपाली सबैसँग सरप्लस फण्ड बढी भएकाले एकले अर्काेको तान्ने काम अलिकति बढेको हो । तर यो प्रतिस्पर्धालाई स्वस्थ्यकर बनाउनु पर्छ भनेर अहिले हामी छलफलकै क्रममा छौ ।

पछिल्लो समय बैंकहरुको ऋण प्रवाहको अवस्था कस्तो छ ?

भदौ अन्तिमसम्ममा हेर्ने हो भने कर्जा अलि घटेको छ । तर पछिल्लो चरणमा कर्जा प्रवाहमा केही सुधार देखिएको छ । यो केही सकारात्मक कुरा हो । त्यो रिफ्लेक्सन हुन बाँकी छ । हामीलाई अपेक्षा छ अबका दिनमा कर्जा प्रवाह बढ्दै जाने छ । असोज, कार्तिकतिर केही रेमिटान्स पनि बढ्छ । निक्षेप थप बढ्नेवाला छ । दशै तिहारको चाड आउँदै गर्दा एलसी खुल्ने क्रममा छन् जसले गर्दा कर्जाको माग बढ्ने देखिन्छ । विगत वर्षको भन्दा कम भए पनि अघिल्लो महिनाको तुलनामा केही बढेको छ

वित्तीय प्रणालीमा २ खर्ब रुपैयाँभन्दा बढी अधिक तरलता छ । यस्तो तरलताको अवस्थामा अर्थतन्त्रलाई चलायमान गराउन कस्ता क्षेत्रमा लगानी बढाउनु पर्छ ?

नेपाल भौतिक पूर्वाधारको विकासमा धेरै पछि परेको अवस्था छ । कोभिड–१९ को असरको कारण अहिले कामदारसमेत कामका लागि बढी सक्रियता देखिने भएकाले आर्थिक गतिविधि चलायमान गर्न पूर्वाधारमा लगानी आवश्यक छ । पैसालाई मार्केटमा चलायमान गर्ने, भौतिक पूर्वाधार बिकासमा अहिलेको समयमा जोड दिन सकियो भने अर्थतन्त्रले केही गति लिने देखिन्छ । यस्तै अर्काे कुरा आयातजन्य वस्तुहरु धेरै नै छन् ।

कृषिजन्य वस्तु पनि धेरै नै छ । दाल, चामल, फलफूलजन्य बस्तुको आयात धेरै नै छ । त्यसलाई बिस्थापन गर्नका लागि कृषिमा लगानी आवश्यक छ । अहिले जुन २ खर्ब रुपैयाँ छ त्यसमध्ये कृषिलाई आधुनिकीकरण गर्नका लागि लगानी गर्ने उत्तम समय आएको छ । अबका दिनमा नेपालको स्रोत र साधनको प्रयोगलाई बढावा दिने हो भने आर्थिक क्षेत्रमा पनि गतिविधि बढ्न सक्दछ । अर्थतन्त्रलाई पनि पुनरुत्थान गर्न सक्दछौं ।

राष्ट्र बैंकद्धारा एकीकृत निर्देशिका जारी गरेको छ । निर्देशिकाको स्थिर ब्याजदर सम्बधीे निर्देशनले बैंकरहरुलाई कार्यान्वयनमा समस्या छ भन्ने गरिएको छ । कस्तो समस्या आउँछ भन्न खोज्नु भएको हो ।

स्थिर ब्याजदर संसारभरी हुने नै गर्दछ । कहि ५, १०, १५, ३० वर्षको समेत छ । नेपालको बैकहरुमा १ वर्ष २ वर्षको लागि स्थिर ब्याजदर प्रवाह गरिरहेका छौ । हामीले कर्जा प्रवाह गर्दा प्राय हामीले चलिरहेको ब्याजदरकै आधारमा गरिरहेका हुन्छौ । केही ऋणहरुमा ग्राहकहरुले स्थिर ब्याजदर गर्नुुस् भन्दा १,२ वर्षको लागि स्कोपहरु ल्याइरहेका थियौं । तर अहिले राष्ट्र बैकले पुर्ण अवधिका लागि स्थिर ब्याजदर हुनुपर्न नीति ग्राहकको लागि खुशीको कुरा हो । तर बैंकहरुको स्थिर ब्याजदरबाट के कसरी अगाडि बढ्नका लागि सहयोग गर्न सकिन्छ भनेर अहिले हामी राष्ट्र बैंकसंग छलफलमै छौ ।

हामीले राष्ट्र बैंकसँग समन्वय र छलफल गरेर कसरी त्यो प्रोडक्ट ल्याउन सकिन्छ, अन्तराष्ट्रिय प्रक्रिया के हो, कार्यान्वयनका लागि कस्तो नीति बैंकहरुले बनाउने भन्नेमै जोड दिएका छौं । पछि समस्या नहोस् भनेर अध्ययन गर्दैछौ । त्यसमा राष्ट्र बैंकले ग्राहकलाई राहत दिन स्थिर ब्याजदर बनाएको हो । यससंगै स्थिर ब्याजदरले बैंकहरुको रिक्स पनि म्यानेज हुने के उपाय हुनसक्छ भनेर हामी अध्ययनको क्रममा छौ । हामीले असन्तुष्टभन्दा पनि अतिकति समय चाहिन्छ भनेका हौ ।

अर्थतन्त्रलाई चलायमान गर्न बैंकहरुको ठूलो भूमिका हुन्छ । अब बैंकहरुले केही रणनीति बनाउने तयारी गरिरहेको छ कि ?

अर्थतन्त्रलाई चलायमान गर्ने भनेको आर्थिक गतिविधिलाई बढाउने नै हो । खरिदकर्ता अथवा ग्राहकहरुको आर्थिक क्रियाकलाप जति बढ्न सक्छ अर्थतन्त्र त्यति नै अगाडि बढ्छ । ग्राहकहरुको आय र व्ययमा चलायमान हुन थाल्यो भने आन्तरिक गतिविधि बढ्न सक्छ । त्यसको लागि सरकार, राष्ट्र बैक, बैंकर र व्यवसायी सबैपक्षले एक अर्कालाई सहयोग गर्नु पर्छ । बैंकरहरुले सहयोग गर्ने भनेको व्यवसायीले माग गरेको कर्जाको ब्याजदर हो । व्यवसायीहरुले थप कर्जाको माग हो । उद्योगी व्यवसायीहरुलाई यी विषयमा बैंकले सहयोग गर्दै आएको छ । कर्जा प्रवाह गर्नका लागि अहिले बैंकसँग प्रसस्त रकम छ । प्रवाह समेत गरिहेका छौ ।

यस्तै कोभिड–१९ को असरले उद्योगी व्यवसायीहरुलाई किस्ता तिर्न, व्याज तिर्न नसक्नेहरुका लागि समेत सहुलियत लिइरहेको अवस्था छ । व्यवसायीहरुलाई व्यवसाय बढाउनका लागि चाहिने चिज र माग गरिरहनु भएको विषयलाई धेरै हदसम्म समाधान गर्ने काम बैंकहरुले गरिरहेका छौ । यस्तै कोभिड–१९ को भ्याक्सिन आउनका लागि अझै केही समय लाग्छ होला । त्यो समयसम्म पर्खिराख्यो भने आर्थिक गतिविधि सुस्त हुन्छ त्यसैले त्यो हुन नदिनका लागि स्वास्थ्यसम्बधी भौतिक पूर्वाधारमा जोड दिनु पर्छ । हेल्थ प्रोटोकल मेन्टेन गरेर कार्यालय, उद्योग ब्यवसाय खोल्नका लागि सबैले जोड दिनुपर्छ । नत्र भने कोरोनाले भन्दा भोकले मर्नु पर्ने अवस्था आउन सक्दछ । कोरोनाभन्दा भोकबाट नमर्नका लागि अर्थतन्त्र चलायमान गराउनुको बिकल्प छैन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124, 01-4011125

  • [email protected] [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2020 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board