केन्द्रीय मन्त्री नितिन गड्करीलाई कोरोना सङ्क्रमण

नयाँदिल्ली, १ असोज । भारतका केन्द्रीय यातायात मन्त्री नितिन गड्करीलाई कोरोनाभाइरस सङ्क्रमण भएको छ ।

उनले आफू कोरोनाभाइरसबाट सङ्क्रमित भएको सामाजिक सञ्जालबाट जानकारी दिए । उनले पछिल्लो समयमा आफ्नो सम्पर्कमा आएकाहरुलाई तत्काल स्वास्थ्य परीक्षण गर्न र सतर्कता अपनाउन पनि आह्वान गरे । “मैले हिजो कमजोर महसुस गरेँ, अनि मैले चिकित्सकसँग परामर्श गरेँ, अनि कोरोना परीक्षण गर्दा कोरोनाभाइरसबाट सङ्क्रमित भएको नतिजा आयो,” उनले बुधबार सामाजिक सञ्जाल ट्वीटरमा लेखे।

उनले थप लेखे–“भगवानको कृपा र तपाईहरु सबैको सुभेच्छाले मलाई अहिले धेरै निको भइसकेको छ, म अहिले आराम महसुस गरिरहेको छु ।”

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति