मेसीको दुई गोलले बार्सिलोनाको जित

काठमाडौं, १ असोज । ला-लिगा अघि प्रि सिजनमा लगातार दोस्रो मैत्रीपूर्ण खेलमा स्पानिस क्लब बार्सिलोनाको जित कायम छ । कप्तान लिओनल मेसीको दुई गोल मद्दतमा बार्सिलोजनाले गिरोनालाई ३१ ले पराजित गरेको हो । बार्सिलोनाका लागि फिलिप काउटिन्होले पनि एक गोल गरे ।

योहान क्रफ स्टेडियममा भएको खेलमा काउटिन्होले २१औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम समयमा मेसीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

दोस्रो हाफको सुरुमै गिरोनाका साइजले गोल गरेका थिए । तर मेसीले ५१औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता बढाएका थिए । स्पानिस ला लिगाको नयाँ सिजन सुरु भइसकेपनि पनि बार्सिलोनाले पहिलो खेल खेल्न बाँकी छ । क्याटलान क्लबले भियारियालसँग खेल्दै नयाँ सिजनको सुरुवात गर्नेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति