प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई दिए जन्मदिनको शुभकामना

काठमाडौँ, १ असोज । भारतीय समकक्षी नरेन्द्र मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिनको शुभकामना ब्यक्त गरेका छन् । उनले ट्वीटरमार्फत जन्मदिनको शुभकामना नेपाल–भारत सम्बन्ध थप बलियो बनाउनका लागि निरन्तर काम गर्ने उल्लेख गरेका छन् ।

‘प्रधानमन्त्री मोदी जी तपाईँलाई जन्मोत्सवको न्यानो शुभकामना । शुस्वास्थ्य र खुशी प्राप्त होस्,’ प्रधानमन्त्री ओलीले शुभकामना दिदै भनेका छन्, ‘हामीले निकै निकटमा रहेर दुई देशबीचको सम्बन्ध थप बलियो बनाउनका लागि काम गर्ने छौँ ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आजदेखि ७० वर्ष पूरा भएका छन्। मोदीको जन्म सन् १९५० को सेप्टेम्बर १७ मा गुजरातमा भएको हो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति