काठमाडौं, ३१ भदौ । काठमाडौँ उपत्यकामा लगाइएको निषेधाज्ञा अझ खुकुलो बनाइएको छ । काठमाडौँ उपत्यकाका तीन वटै (काठमाडौँ, भक्तपुर र ललितपुर)जिल्ला प्रशासन कार्यालयहरूले भदौ २४ बाट खुकलो बनाएको निषेधाज्ञा अझ खुकुलो बनाइएको हो ।
काठमाडौँ उपत्यका प्रशासनले यातायातमा जोर बिजोर प्रणालीलाई कायमै राख्दै ब्यवसाय खोल्न तोकिएको बारको प्रतिबन्ध पनि हटाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार बुधबारदेखि अर्को आदेश नभएसम्मका व्यवसाय खोल्न तोकिएको बारको ब्यवस्था हटाइएको छ ।
तर, अझै पनि सेमिनार गोष्ठी, तालिम, सिनेमा हल, पार्टी प्यालेस, शैलुन, स्पा, स्मिमिङ पुल, जिमखानासहित भीडभाड हुने क्षेत्रमा भने प्रतिबन्ध कायम गरिएको उनले बताए । यसअघि २४ भदौमा काठमाडौं उपत्यकाभित्र बार अनुसार व्यापार तथा व्यवसाय सञ्चालन गर्न दिने निर्णय भएको थियो ।
मठमन्दिर, मस्जिद, चर्च लगायतका धार्मिक तथा सांस्कृतिक स्थलमा नृत्य पुजाबाहेकका गतिविधि सञ्चालन गर्न पनि दिइएको छैन । बढी भिडभाड हुने उद्योग, व्यवसाय अन्तरगतका स्वास्थ्य मापदण्ड विपरित हुने क्रियाकलापहरु गर्न, चाडपर्व लगायतका धार्मिक, सामाजिक र सांस्कृतिक कार्य गर्दा जमघट गर्न र शैक्षिक संस्था सञ्चालन गर्न पनि रोकिएको छ ।
COMMENTS