उपत्यकामा थपिए, ७३७ कोरोना संक्रमित, दुई जनाको मृत्यु

काठमाडौं, ३१ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको तथ्यांक अनुसार काठमाडौंमा ६५२ ललितपुरमा ६० र भक्तपुरमा २५ गरी जम्मा ६७६ संक्रमित थपिएका हुन् । यस्तै काठमाडौंकी ७१ र ७४ वर्षीया महिलाको पनि मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा उपत्यकासहित देशभर भने १ हजार ५३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ५८,३२७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार ६८ जना निको भएका छन् भने निको हुनेको कुल संख्या ४१,७०६ पुगेको छ । यसैबीच आज थप ८ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३७९ पुगेको छ । आज देशभर सक्रिय सक्रमितको संख्या १६ हजार २४२ रहेको छ । जसमा बितेको २४ घण्टामा १० हजार ४९४ जनाको पीसीआर भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति