नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त

काठमाडौं, ३० भदौ । लेखनाथ कोइराला नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त भएका छन् ।

उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले कोइरालालाई आज निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् । कोइराला प्राधिकरणको १२औं तहका कर्मचारी हुन् । मन्त्री पुनका प्रेस सल्लाहकार दयानिधि भट्टका अनुसार कोइरालालाई वरिष्ठताका आधारमा उक्त जिम्मेवारी दिईएको नेपाल पेजलाई बताए । उनले भने,‘ यसअघि कुलमान घिसिङ कार्यकारी निर्देशक हुँदा र उहाँको अनुपस्थितिमा कोइरालालाई नै निमित्तको कार्यकारी प्रमुखको जिम्मेवारी दिईने गरिएको थियो । त्यही परम्परालाई मन्त्रीज्यूले निरन्तरता दिनुभएको हो ।

अर्को व्यवस्था नभएसम्मको लागि मन्त्रीज्यूले कोइरालालाई निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिनुभएको हो ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति