आयुर्वेद चिकित्सालयका विजौरीका पूर्वाध्यक्षको निधन

काठमाडौं, ३० भदौ । प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरीका पूर्वाध्यक्ष भैरव मजगैयाको आज निधन भएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ विजौरी निवासी मजगैयाको आज बिहान ७७ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको पारिवारले जनाएको छ ।

मजगैैयाको शिक्षा क्षेत्रमा पनि योगदान रहेको छ । उनी महेन्द्र बहुमुखी क्याम्पसको पूर्वप्रमुखसमेत रहेको स्थानीयवासी राकेश बस्नेतले बताए । क्याम्पसबाट सेवा निवृत्त भएपछि समाजिक सङ्घसंस्थामा पनि सक्रिय मजगैया बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका पूर्वाध्यक्षसमेत रहेका थिए ।

उनको निधनप्रति तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले दुःख व्यक्त गरे । एक शोक वक्तब्य जारी गरी मजगैयाको निधनले अपूरणीय क्षति पुगेका बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board