भारतले लगायो प्याज निर्यातमा प्रतिबन्ध, नेपालमा ह्वात्तै बढ्यो मूल्य

काठमाडौं, ३० भदौ । भारत सरकारले प्याजको निर्यात रोकेपछि नेपालमासमेत प्याज पाइनै छाडेको छ ।

कुनै पसलमा पाइने प्याज पनि अचाक्ली महंगो छ । भारतले प्याज निर्यात रोकेको भन्सार विभागले जनाएको छ । भारतबाट २९ भदौदेखि प्याज नआएकाले नेपालमा अभाव भएको व्यापारीहरुको भनाइ छ । अघिल्लो दिनसम्म ६६ रुपैयामा पाइने एक किलो प्याजको मूल्य ८० रुपैया भन्दा बढी लिने गरेको उपभोक्ताहरु बताउछन् ।

भारत सरकारले प्याजको मूल्य अत्यधिक बढेको भन्दै निर्यात बन्द गरेको हो । निर्यात बन्द गरेपछि बजारमा प्याज प्रशस्त पाइने र मूल्य पनि कम हुने भारत सरकारको विश्लेषण छ । यसअघि सन् २०१९ मा पनि भारत सरकारले प्याजको निर्यात बन्द गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति