गण्डकी प्रदेशमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु

काठमाडौं, ३० भदौ । गण्डकी प्रदेशमा थप दुई जना कोरोना सङ्क्रमितको ज्यान गएको छ ।
नवलपरासी बर्दघाट सुस्तापूर्वका दुई जनाको ज्यान गएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदबिन्दु शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशमा कोरोनाका ९१ जना सङ्क्रमित थपिएका छन् । योसहित गण्डकीमा अहिलेसम्म दुई हजार ९ सय ६८ जनामा कोरोना पुष्टि भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति