काठमाडौं, ३० भदौ । सोमवार साँझ सम्म कोरोना भाइरसको संक्रमणबाट थप १९ जनाको मृत्यु पुष्टि भएको छ । काठमाडौंका ६, भक्तपुर, कपिलवस्तु र रुपन्देहीका २/२, ललितपुर, रामेछाप, गोरखा, नवलपरासी, सिराहा, पर्सा र मोरङका एकरएक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालय र विभिन्न प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांक छ ।
काठमाडौं महानगरपालिका–१५ स्वयम्भु, काठमाडौंकी ६१ वर्षीया महिलाको आइतबार नर्भिक अस्पतालमा मृत्यु भएको छ । नागार्जुन नगरपालिका ५, काठमाडौंका ६२ वर्षीय पुरुषको आइतबार नेपाल प्रहरी अस्पतालमा मृत्यु भएको छ ।
काठमाडौंका ७० वर्षीय पुरुषको वीरेन्द्र अस्पताल, छाउनीमा मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–५ हाँडीगाउँ, काठमाडौंका ७३ वर्षीय पुरुषको ग्राण्डी अस्पतालमा सोमबार मृत्यु भएको छ ।
वीर अस्पतालमा शनिबार मृत्यु भएका काठमाडौं महानगरपालिका–२५ असन, काठमाडौंका ७७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं महानगरपालिका–१३ छाउनी, काठमाडौंका ८५ वर्षीय पुरुषको नेपाल भारत मैत्री अस्पतालमा मृत्यु भएको छ ।
मध्यपुर थिमी नगरपालिका–५, भक्तपुरका ७२ वर्षीय पुरुषको सोमबार गंगालाल हृदयरोग केन्द्रमा मृत्यु भएको छ । मध्यपुर थिमी नगरपालिका–७, भक्तपुरका ७४ वर्षीय पुरुषको मेगा अस्पतालबाट ग्राण्डी लैजाने क्रममा मृत्यु भएको छ । ५ दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनी स्वास्थ्यमा समस्या देखिएपछि मेगा अस्पताल पुगेका थिए । मेगाले सोमबार मात्र ग्राण्डी रिफर गरेको थियो ।
शिवराज नगरपालिका–५, कपिलवस्तुका ४७ वर्षीया महिलाको सोमबार कोरोना विशेष अस्पताल, बुटवलमा मृत्यु भएको छ । शिवराज नगरपालिका–५ का कपिलवस्तुका ५८ वर्षीय पुरुषको भीम अस्पताल, भैरहवामा आइतबार मत्यु भएको छ ।
सिद्धार्थनगर नगरपालिका–५, रुपन्देहीका ६४ वर्षीया महिलाको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–११, रुपन्देहीकी ७२ वर्षीया महिलाको कोरोना विशेष अस्थायी अस्पतालमा सोमबार साँझ मृत्यु भएको छ ।
ढोलाहिटी, ललितपुरका ५५ वर्षीय पुरुषको आइतबार पाटन अस्पतालमा मृत्यु भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएर १५ गते अस्पताल भर्ना भएका उनी मिर्गौलासम्बन्धी रोगबाट समेत पीडित थिए ।
रामेछापका २३ वर्षीय पुरुषको वीरेन्द्र अस्पताल, छाउनीमा आइतबार मृत्यु भएको छ । उनलाई कोरोना संक्रमण भएको आइतबार नै पुष्टि भएको थियो ।
सुलिकोट गाउँपालिका–८, गोरखाकी ६३ वर्षीया महिलाको वीरेन्द्र अस्पतालमा सोमबार मृत्यु भएको छ । आन्द्राको उपचारका लागि अस्पताल भर्ना भएकी उनको उपचारकै क्रममा २५ गष्ते कोरोना संक्रमण पुष्टि भएको थियो ।
गैंडाकोट नगरपालिका–९, नवलपरासी पूर्वकी ६२ वर्षीया महिलाको चितवन मेडिकल कलेजमा आइतबार मृत्यु भएको छ । कर्जन्हा नगरपालिका–२, सिराहाकी ३५ वर्षीया महिलाको प्रादेशिक अस्पताल, जनकपुरधाममा मृत्यु भएको छ । ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भएपछि उनी चार दिनअघि काव्य हस्पिटलमा भर्ना भएकी थिइन् ।
वीरगञ्ज महानगरपालिका–१०, पर्साकी ५५ वर्षीया महिलाको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा आइतबार मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचारका क्रममा १२ गते कोरोना संक्रमण पुष्टि भएपछि गण्डक सारिएको थियो । धनपालथान गाउँपालिका–६, मोरङका ४० वर्षीय पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा आइतबार मृत्यु भएको छ ।
प्रतिक्रिया