भदौं ३१ बाट बृहस्पति ग्रह धनु राशिमा प्रबेश, कुन राशिलाई कस्तो फल प्राप्त हुन्छ ?

काठमाडौं, २९ भदौ । बृहस्पति राशिलाइ गुरु राशि पनि भनिन्छ, गुरु राशिको ग्रह कुनै पनि राशिमा गोचर को फल एकदमै प्रभावशालि मानिन्छ । गुरु जुनसुकै स्थानमा रहेता पनि आफ्नो प्रभावले चारै तिर प्रकाश पारी उक्त स्थानलाइ दिव्य पार्दछ ।

सो समयमा गुरु ग्रहको स्थिति कुनै पनि कुंडलिमा कस्तो छ यसैको अनुरुप व्यक्तिलाई फल प्राप्त हुन्छ । गुरुको ग्रहको बक्री बाट मार्गी हुने समय । २०७७ आश्विन ३१ गते ८ः०० बजे करीब गुरुको चालमा परिवर्तन हुन्छ, गुरु अहिले धनु राशिमा बक्री भएर गोचर गरिराख्नु भएको छ तर अब ३१ गते बाट गुरु बक्री अवस्थाबाट मार्गी हुनुहुन्छ ।

गुरु जब जन्म कुण्डलीमा केन्द्र भाव र त्रिकोण भाव को स्वामी हुनुहुन्छ भने शुभता बढ्ने छ गुरुग्रह धनु, मीन, मेष, वृश्चिक, सिंह र कुम्भ राशिको लागि शुभता हुनुहुन्छ । यदि गुरु जन्म कुंडलिमा छैंठौँ, आठौँ वा बारवौँ स्थानमा हुनुहुन्छ भने यस्तो स्थितिमा गुरु आफ्नो शुभ फल दिन सक्नुहुन्न तर गोचरमा पनि गुरुको स्थिति अनुकुल भएन भने यो स्थितिमा नकारात्मक प्रभाव पर्दछ ।

वृहस्पति धनु राशिमा मार्गी कुन राशिलाइ कस्तो प्रभाव ?

मेष- राशिस्भाग्यको साथ मिल्नेछ, आफ्नो काममा प्रमोशनको समय रहेको छ, मान सिक त नाव हट्ने छ, सोचमा सकारात्मकता आउने छ, यो समयमा तपाइको खर्चमा बृद्धि भने हुनेछ, कुनै लामो यात्राको सम्भावना रहेको छ ।

वृष- राशिस्यो समय अत्यन्त शुभ रहेको छ, अधुरो काम पु्रा हुने छ, धार्मिक कार्यसंग जोड्ने अवसर प्राप्त गर्नु हुनेछ, आर्थिक बृद्धिको पनि योग रहेको छ, अरुबाट सहयोग प्राप्त हुनेछ ।

मिथुन- राशिस्यस राशि भएका व्यक्तिहरुको लागि अब आउने समयमा कुनै नँया काम प्राप्त हुनेछ, पिर चिंता हटेर जाने छ तर तपाइको भागदौड भने अनुसारको काम हुँदैन, तपाइ कूनै नयाँ काममा लाग्नु हुनेछ, बैबाहिक जिवनमा सुमधुरता आउने छ ।

कर्कट- राशिस्केहि लाभको समय रहेको छ, यो समयमा तपाइलाइ नयाँ काम नयाँ व्यावसाय प्राप्त हुने योग रहेको छ, सत्रु परास्तको लागि तपाइले धेरै मेहेनत गर्नु पर्ने हुन्छ, कुनै नया समस्याले परिवारमा केहि चिंता बढ्न सक्छ, परिवारमा नया सदस्यको आगमन हुन सक्ने सम्भावना रहेको छ ।

सिंह- राशिस् कामहरु चुपचाप लागेर कसैलाइ नभनि गर्न सक्नु हुन्छ , पढाइको लागि राम्रो समय रहेको छ, कामहरु छिटो छरितो हिसाबले बन्ने छन, सत्रु बृद्धिको योग रहेता पनि त्यसलाइ परास्त गर्ने क्षमता तपाइमा प्रबल हुने छ । प्रेमिहरुको लागि प्रेममा सफलता मिल्ने छ, सन्तान सुखको योग रहेको छ ।

कन्या- राशि कामको क्षेत्रमा नयाँ काम मिल्ने सम्भावना रहेको छ, तपाइको व्यावसायमा सफलताको योग रहेको छ, तपाइलाइ केहि नया चुनौति हरुको सामना गर्नु पर्ने हुन्छ जसले गर्दा सम्पति को प्राप्ति तथा घरपरिवारमा केहि परविर्तन हुने योग रहेको छ, आमाको साथ सहयोग प्राप्त होला, घरमा मांगलिक कार्यको समय पनि रहेको छ ।

तुला- राशिस् धरै मिहेनत गर्दा पनि तपाइले सफलता प्राप्त गर्नु भएको छैन भने अब तपाइको मेहेनतले नया बाटोहरु खुल्ने छन, स्वास्थ्यमा भएको समस्या मा सुधार आउने छ, कोहि गुरु वा वरिष्ठ व्यक्तिको सहयोग प्राप्त हुनेछ, तर घरपरिवारबाट टाढा हुनुपर्ने देखिन्छ, बैबहिक जिवनमा केहि समस्या होला तर त्यसको समाधान पनि तपाइबाटनै हुने छ ।

वृश्चिक- राशिस्तपाईको लागि यो समय सामान्य रहेको छ, बोलिमा कटुता भएको कारणले कसैसंग बोल्दा बिचार पुराउनुहोला, आफ्नो लक्ष लाइ ध्यान दिएर काम गर्नु होला, जोखिम भएको ठाँउबाट बच्नुहोला, धरै सोच्ने काममा हात नहाल्नु होला, अरुको कामलाइ ज्यादा मतलब नगर्नुहोला, परिवारमा केहि समस्या आउन सक्छ त्यसैले साबधानि अपनाउनु होला ।

धनु- राशिस्गुरु परिवर्तनले सकारात्मक सोच प्राप्त हनेछ । आर्थिक लाभ तथा कामका नया अवसरहरु प्राप्त हुनेछन, घरपरिवारमा केहि समस्या हुन सक्छ, घरमा नया सदस्य आगमन हुन सक्छ, केहि दुःखदाइ समाचारको सामना गर्नु पर्ने हुनसक्छ, घरबाट टाढा हुनुभएकाहरुको लागि घर जाने अवसर प्राप्त हुने छ ।

मकर- राशिस्घरपरिवारमा नया सदस्यको आगमनको योग रहेको छ, कानुनि समस्या बढेतापनि फैसला तपाइको पक्षमा हुनेछ, तपाइको काम गुप्त किसिमले अगाडि बढ्नेछ, तपाइले गरेको काममा थप सफलता मिल्नेछ, बैदेशिक लाभ प्राप्त हुनेछ, शत्रु बृद्धिको योग रहेको छ, घरपरिवारमा सामान्य चिंता ले सता उला, पढा्रइमा सफलता मिल्नेछ, बैबाहिक जिवनमा समस्या आउने छ सर्तक रहनु होला ।

कुम्भ- राशिस्यात्राको समय रहेको छ, देश विदेशको काममा तपाइ व्यस्थ रहनु हुनेछ, मंत्र एवंम सिद्धि प्राप्तिको योग रहेको छ, आर्थिक लाभको योग रहेको छ तर उक्त लाभको लागि तपाइलाइ अरुको सहयोग माग्नु पर्ने हुन्छ, सामाजिक काममा मन लाग्ने छ, केहि समस्याहरुले सता उन सक्ने छ तर त्यसको समाधान पनि चाँडै हुनेछ, परिवारमा सुमधुरता आउने छ ।

मिन– राशिस्भाग्य बृद्धिको योग रहेको छ, रोकिएका कामहरु बन्ने छन, आफन्तसंगको सम्बन्धमा सुधार आउने छ, प्रेम जिवनमा भने स मस्या होला, बाहिरको सम्बन्धबाट केहि सुख प्राप्त हुनेछ, तपाइको योजनाहरु सफल हुन्छन, तपाईको स्वभाव परिवर्तन भएर घमण्डि हुनुहुनेछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board