जुम्ला, भदौ २९ । डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षामा सुधारको माग राख्दै थुप्रैपटक अनसन बसिसकेका छन् । यस्तै विभिन्न माग राख्दै डाक्टर केसीले फेरि जुम्लाबाट १९ औं सत्याग्रह सुरु गरेका छन् ।
१६ औं सत्याग्रह पनि उनले जुम्लामै गरेका थिए । डा. केसीले पहिलाको सत्याग्रहका बेला गरिएका सम्झौताहरु अहिलेसम्म पनि सरकारले कार्यान्वयन नगरेकाले आफू अनशन बस्न बाध्य भएको बताए ।
नेपालीहरुको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता र सरकारविरुद्ध जुम्लामा १९ औं सत्याग्रह सुरु गरेको डा. गोविन्द केसीको भनाई छ । जुम्लाको चन्दननाथ-६ रानिचौरमा रहेको वाविरा मन्दिरमा डा. केसीले १९ औं सत्याग्रह सुरु गरेका हुन् । आफूसँग २०७५ साउन १० गते भएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरिनुपर्ने लगायतका मागहरु राखेर डाक्टर केसीले अनसन सुरु गरेका हन् ।
उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसलगायतका कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश नम्बर २ र गण्डकी प्रदेश तथा डोटी, डडेलधुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल प्रक्रिया अघि बढाउनु पर्ने मागहरु राखेका छन् ।
COMMENTS