एक विद्रोही नायिकाः कसरी बनिन् बलिउड ‘क्विन’ ?

बलिउड – बलिउड नायिका कंगना रनवत । यो नाम उनले यतिकै भने चर्चित बनाएकी होईन् । बलिउडमा कंगनाले यति गरिन् संघर्ष जसबाट उनी हारिसकेकी थिईन् । करियरका लागि संघर्ष गर्दा-गर्दै थाकेकी कंगना कसरी यौनजन्य फिल्ममा पनि काम गर्न तम्सिएकी थिईन् । तर, कसरी ? प्रश्नको जवाफमा उनी भक्कानिन्छिन् । कथा मार्मिक छ । जतिसुकै प्रयास गरेपनि उनले कुनै फिल्म पाएकी थिइनन् । संघर्षले थाकेको झोंकमा कंगनले एउटा फिल्ममा साइन गर्न पुगिन्, जुन फिल्म सि ग्रेड अर्थात ब्लु फिल्मकी हिरोइन जस्तै आफुलाई पेश गर्नु पर्ने हुन्छ ।

कंगनाले एउटा किस्सा सुनाएकी थिईन्, ‘सुरुवाती दिनमा मलाई एउटा फिल्ममा काम मिलेको थियो, जुन एडल्ट जस्तै थियो ।’ यस्तो खुलसा उनले एक टेलिभिजन अन्तर्वार्तामा गरेकी हुन् । कंगनाले सुनाएकी छिन्, ‘साइन गरेपछि फोटोशुटमा लगियो । त्यहाँ मलाई लगाउनका लागि एउटा पहिरन दिइयो, जो भित्र पुरै खुला थियो । त्यहाँको माहौल पनि कुनै ब्लु फिल्मको सुटिङ जस्तै थियो ।’

नाटकबाट फिल्ममा प्रवेश
आफ्नो करिअरबारे कंगना स्पष्ट थिइनन् । के बन्ने भन्ने कुनै टुंगो थिएन । त्यही क्रममा उनी एलिड मोडलिङ नामक मोडलिङ एजेन्सीको सम्पर्कमा आइन् । तर कंगनालाई रस भिजेन, मोडलिङमा । मोडलिङ भन्दा उनलाई अभिनय उचित लाग्यो । अन्ततः अस्मिता थिएटर ग्रुपमा भर्ना भइन्, अभिनय गर्ने मनोकांक्षाका साथ । नाटक खेल्न थालिन् । उनको अभिनय रुचाइयो । मुम्बईको एक स्कुलबाट नाटक अभियनको तालिम लिइन् । नाटकबाट उनी फिल्ममा प्रवेश गरेकी हुन्, ग्याङस्टारबाट ।

विद्रोही र जिद्दी कंगना
कंगना बलिउडकी यस्ती अभिनेत्री हुन्, जसले हिरोले बराबर पारिश्रमिक डिमान्ड गर्छिन् । हिरो बराबर मात्र होइन, त्यो भन्दा बढी पनि । कंगनाले फिल्म ‘रंगून’का लागि आफ्ना अपोजिट शाहिद कपुरले भन्दा बढी पारिश्रमिक लिएकी थिइन् । उनको पारिश्रमिक भारु १० करोड हाराहारीमा छ ।

कंगना नै यस्ती अभिनेत्री पनि हुन्, जसले सिंगो फिल्म बोक्न सक्छिन् । अर्थात उनकै बलमा पनि फिल्म चल्छ । रिवल्भर रानी, क्वीन, मणिकर्णिका त्यसैको उदाहरण हुन् । बलिउड अभिनेत्रीमा कंगनाको उचाई जुन रफ्तारमा बढ्यो, त्यो असन्तुलित पनि रह्यो । करियरको उत्कर्षमा उनी निकै विवादित बनिन् । विवादको उत्खनन् भने उनी आफैले गरिन् ।

जब उनी ठूली भइन्, तब बिद्रोह र जिद्दी स्वभावकी थिइन् । उनको अनुसार यदि आफ्ना पिताजीले भाईका लागि प्लाष्टिक गन ल्याइदिन्थे र उनको लागि सानो गुडिया । तब उनी यसलाई स्विकार गर्दैनथी । भाई र आफुबीच भएको भेदभाव उनलाई मन पर्दैनथ्यो ।

स्कुले जीवनमा उनी चिकित्सक बन्न चाहन्थे, मातापिताले चाहे जस्तै । तर, १२ को केमेस्ट्रीको युनिट टेस्टमा फेल भएपछि उनको इच्छा बदलियो । यतिबेला कंगना १६ बर्षकी थिइन् । उनी दिल्ली आइन् । तर, दिल्ली पुगेपछि पनि के बन्ने भन्ने कुरामा उनले लक्ष्य बनाउन सकेकी थिइनन् । अचानक फेला परेको मोडलिग एजेन्सीबाट उनी ग्ल्यामर क्षेत्रमा प्रवेश गरिन् ।

निरन्तरको प्रयासले उनी बलिउडमा आफ्नो स्थान सुरक्षित गर्न सक्षम भइन् । कंगनाको मातापिता वा सन्तान फिल्ममा छैनन् । उनी आफ्नी बहिनी रंगोली रनवतसँग मुम्बाईमा बस्छिन् । बहिनी रंगोलीमाथि २००६ मा एसिड अट्याक्ट भएको थियो । कंगना बर्षमा एक पटक आफ्नो जन्मथलो पुग्छिन् ।

पारिवारिक जीवन
कंगना रनवतको जन्म २३ मार्च १९८६ मा हिमाचल प्रदेशको मन्दी जिल्लास्थित भाम्बला गाउँमा भएको हो, राजपूत परिवारमा । उनका माता आशा एक स्कुलका शिक्षिका थिइन् भने पिता अमरदीप व्यापारी थिए । भाम्बलाको प्राचिन घरमै उनको पालन पोषण भयो । उनको बालापन सामन्य थियो ।

अंग्रेजी बोल्न नजानेपछि मजाक
कंगनाले भनेकी छिन्, ‘यस उद्योगको मान्छेहरु चाहन्छन् कि, मैले बोल्ने हक छैन । र, म कुनै अनावश्यक चिज हुँ । मलाई थाहा थियो कि, राम्ररी अंग्रेजी बोल्न आउँदैन । त्यही कारण मान्छेले मेरो मजाक उडायो ।’ अंग्रेजी भाषामा पोख्त नभएकै कारण फिल्मबाट रिजेक्ट भएको तितो अनुभव छ, उनीसँग ।

जब मिल्यो ‘ग्याङस्टार’
बलिउड अभिनेत्री कंगना रनवतको जीवन-कथा फिल्मी शैलीको छ । उनले करियरको पूर्वाद्धमा अनेक उतार–चढाव झेलिन् । त्यही बेला हो, उनले एडल्ट फिल्ममा काम गर्ने निर्णय लिएकी ।तर, सुखद संयोग मान्नुपर्छ, ठीक त्यही बेला उनलाई अनुराग बासुले निर्देशन गर्ने फिल्म ग्याङस्टारमा मौका मिल्यो । उनी तुरुन्तै ग्याङस्टारका लागि राजी भइन् र सि ग्रेडको फिल्म छाडिन् । उनले एडल्ट फिल्मका निर्देशकको नाम भने गोप्य राखेकी छिन् ।

उनले अभिनय गरेको पहिलो थ्रिलर फिल्म ग्याङस्टार, जो २००६ मा सार्वजनिक भयो, त्यसले उनलाई फिल्मफेयर बेस्ट फिमेल डेब्यु अवार्ड दिलायो । त्यसपछि उनले लम्हे, लाइफ इन अमेट्रो, वान्स अपन अ टाइम इन मुम्बई, फैशन, तनु वेड्स मनु जस्ता सुपरहिट फिल्ममा अभिनय गरिन् ।

त्यसपछि बनिन् बलिउड ‘क्विन’
बलिउड क्विनको उपमा पाएकी कंगना खासगरी फिल्म क्विनबाट उनको करियरको दोस्रो अध्याय सुरु हुन्छ । त्यस फिल्मबाट उनले राष्ट्रिय सम्मानदेखि, सर्वश्रेष्ठ अभिनेत्रीको अवार्डसम्म पाइन् । क्विन मात्र होइन, रिभोल्वर रानीमा गरेको सानदार प्रस्तुतीले समेत उसको ख्याती अग्लियो ।

बोल्ड र बिन्दास कंगना बलिउडका त्यस्ता अभिनेत्री हुन्, जो खुलस्त छिन् । कुनै कुरा नलुकाउने उनी त्यही प्रवृत्तिको कारण कहिले कहिं लफडामा पनि फस्छिन् । मैले अस्विकार गरेकी थिएँ, त्यही कारण प्रियंका चोपडालाई सबै अवार्ड मिल्यो भन्ने जस्ता अभिव्यक्ति दिने उनी भारतिय समाजको कटु आलोचना गर्न समेत पछि पर्दैनन् ।

कुनै गडफादर विना नै बलिउडमा आफुलाई टिकाउन र बिकाउन सफल उनी कहिल्यै बिहे नगर्ने भन्दै कसम खाएर पनि चर्चामा आएकी थिइन् । कहिले आफ्नो खराब अंग्रेजी सुधार्ने त कहिले कामकै बीचमा स्क्रिप्ट राइटिङ कोर्सका लागि न्युर्योक गएको कुराले पनि उनी गसिपको पात्र बनिन् । आखिर जे भएपनि उनको फिल्मी उपस्थिती भने निकै दर्बिलो छ ।

के अब फिल्मीबाट टाढिन चाहान्छिन् कंगना ?
१७ वर्षकै उमेरमा फिल्ममा प्रवेश गरेकी कंगनाले निकै संघर्ष गरेर आजको स्थान बनाएकी हुन् । सुरु-सुरुमा उनलाई मुख्य नायिकाको रुपमा लिन निर्माता-निर्देशक हच्किन्थे । तर, आजको दिनमा उनको स्टारडम कुनै हिरोको भन्दा कम छैन । उनले एक्लो बलबुतामा सुपरहिट फिल्महरु दिएकी छन् ।

सन् २००६ मा ‘गैंगस्टरबाट’ कंगनाको बलिउडमा प्रवेश भयो । पहिलो फिल्ममा लिड रोल गरेपछि त्यसपछि थुप्रै फिल्ममा उनले सहनायिका बनेर काम गरिन् । सन् २०११ मा आएको फिल्म ‘तनु वेड्स मनु’ फिल्म कंगनाको करिअरमा टर्निङ प्वाइन्ट बनेको थियो । यस्तै, सन् २०१३ मा आएको ‘क्वीन’ ले उनलाई नयाँ उचाइ दियो । उनी अरु नायिकाभन्दा विशेष मानिन थालिन् । यी दुवै फिल्मबाट कंगनालाई नेसनल अवार्ड प्राप्त भएको थियो ।

कलाकारिताभन्दा बाहिरका बौद्धिक बहसमा पनि कंगना सँधै अगाडि रहिन् । उनी कुनै पनि विषयवस्तुमा आक्रामक र निर्धक्क तरिकाले आफ्नो कुरा राख्ने गर्छिन् । कोही रिसाउलान् कि भन्ने परवाह गर्दिनन् । यो स्वभावले गर्दा उनको फिल्म क्षेत्रभन्दा बाहिर प्रतिष्ठा बढेको छ । तर, फिल्म इन्डष्ट्रीभित्र टन्नै सत्रु कमाएकी छिन् ।

जस्तो कंगनाले केही दिन अगाडि एउटा टि्वटमा लेखिन्, ‘म रणवीर सिंह, रणवीर कपुर, अयान मुखर्जी, विक्की कौशिकसँग प्रार्थना गर्छु कि उनीहरुले ड्रग टेस्टका लागि आफ्नो ब्लड स्याम्पल दिउन् । अफवाह फैलिएको छ कि उनीहरु कोकिनका अम्मली हुन् ।’ यसरी एकैपटक उनले चारजना स्टारहरुलाई घुमाउरो तवरले ड्रग्स युजर्सको संज्ञा दिइन् ।

बलिउडमा ब्याप्त नेपोटिज्मको विषयलाई मुलधारको बहसमा ल्याउने श्रेय कंगनालाई जान्छ । उनले यस्ता कुराहरु बोल्दा धेरै स्टारहरु उनीसँग रुष्ट छन् । धेरैसँग उनको सम्बन्ध बिग्रेको छ । धेरै फिल्म उनले गुमाएकी पनि छन् । तर, पनि उनी आफ्नो शैली फेर्ने चेष्टामा छैनन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board