जसले श्रीमान भएर पनि रुखसँग गरिन् विवाह !

एजेन्सी – एक बेलायती महिलाले रुखसँग बिहे गरेकी थिईन् । उनले आफ्नो रुखसँगको बिहेको वर्षगाँठसमेत हालै मनाएकी छिन् । घरमा श्रीमान हुँदाहुँदै जंगलमा गएर उनले रुखसँग बिहे गरेकी थिईन् । न्युज एजेन्सीले उल्लेख गरे अनुसार दुई बच्चाकी आमा रहेकी ती महिलाले पतिलाई घरमै छाडेर जंगलमा गई आफ्नो वृक्षपतिलाई अंकमाल गरी एनिभर्सरी मनाइन् ।

उनीसँग उनका दुईजना साथी पनि एनिभर्सरी मनाउने कार्यक्रममा पुगेका थिए । उनले आफ्नो रुखपतिलाई एनिभर्सरी उपहारको रुपमा परम्परागत कागज उपहार दिइन् । त्यहाँ उनीहरुले एल्डर फ्लावरको स्याम्पेन फोडेर एनिभर्सरी मनाएका थिए ।

एल्डर जातको रुखसँग बिहे गरेर आफ्नो थरसमेत परिवर्तन गरेकी केट कनिंघमले आफू र वृक्षपतिबीचको प्रेम निकै गहिरो भएको र कहिल्यै पनि डिभोर्स नहुने दाबी गरेकी छिन् । बेलायतको सेफ्टनस्थित रिमरोज भ्याली काउन्टी पार्कमा रहेको एक रुखसँग उनले गत वर्षको सेप्टेम्बरमा बिहे गरेकी थिइन् ।

आफू कहिलेकाहीँ आफ्नो पति रुखलाई भेट्नका लागि हप्तामा पाँच पटकसम्म जंगलमा जाने गरेको उनी बताउँछिन् । आफू जीवनभर रुखप्रेमी रहने उनको भनाइ छ । रुखसँग बिहे गर्ने आफ्नो निर्णय जीवनको सबैभन्दा सही निर्णय भएको दाबी उनी गर्छिन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति