चितवनमा थप २८ जनामा कोरोना भाइरसको संक्रमण

चितवन, २९ भदौ । चितवनमा थप २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड –१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका सबै चितवनकै रहेको अस्पतालले जनाएको छ ।

भरतपुर अस्पतालले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका ७ पुरूष र ४ महिला गरी ११ जना, कालिकाका ५ पुरूष र ५ महिला, इच्छाकामनाका ६ पुरूष र रत्ननगरका एक पुरूषमा संक्रमण पुष्टि भएको हो ।संक्रमित हुनेमा २ वर्षीय बालक, ४ वर्षीया बालिकासहित ५५ वर्ष उमेर समूहका महिलासम्म छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति