जोखिमयुक्त बस्ती सुरक्षित क्षेत्रमा सार्नू – राष्ट्रपति भण्डारी

काठमाडौं, २८ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले जोखिमयुक्त बस्ती सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न निर्देशन दिएकी छन् । बाह्रबिसे नगरपालिकाका नागपुजे र भिरखर्चमा पहिरोले ठूलो जनधनको क्षति गरे लगत्तै राष्ट्रपतिले यस्तो निर्देशन दिएकी हुन ।

‘२०७२ सालको भूकम्पबाट देशका विभिन्न भाग थङ्थिलो बनेकामा सिन्धुपाल्चोक लगातार पहिरोको जोखिममा परिरहेको छ ।

त्यहाँ फेरि पहिरोबाट जनधनको क्षति भएकोमा दुःखी भएको छु’ राष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘भौगोलिक संवेदनशीलताको अध्ययन गरी जोखिमयुक्त वस्ती सुरक्षीत क्षेत्रमा स्थानान्तरण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गर्दछु ।’ गृह मन्त्रालयका अनुसार गत बैशाख यता बाढी, पहिरो र चट्याङबाट ३५० जना भन्दा बढीको ज्यान गईसको छ भने १०० भन्दा बढी बेपत्ता छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति