अब पीसीआर टेस्ट गर्न दुई हजार रुपैयाँ मात्रै

काठमाडौं, २८ भदौ । नेपालमा अब कोरोना भाईरस (कोभिड-१९) परीक्षण दुई हजार रुपैयाँमै गरिने भएको छ । कोरोना संक्रमितको संख्या बढिरहँदा पीसीआर टेस्ट गर्दा लाग्ने शुल्क घटाउन थालिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा पीसीआर परीक्षणमा अबदेखि कुनैपनि ल्याबले अधिकतम २ हजार बढी शुल्क लिन नपाउने निर्णय गरिएको जानकारी दिएका छन् ।

उनका अनुसार सरकारको यो निर्णयसँगै अब निजी तथा सशुल्क परीक्षणका लागि तोकिएको ल्याबहरुले २ हजार भन्दा बढी शुल्क लिन पाउने छैनन् । यसअघि कोरोना परीक्षण शुल्क ४ हजार ४ सय कायम भएकोमा अहिले घटाएर अधिकतम २ हजार रुपैयाँ कायम गरिएको स्वास्थय मन्त्रालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा किटको मूल्यमा भारी गिरावट आएसँगै नेपालमा पनि पीसीआर टेस्टको शुल्क घटाइएको बताईएको छ । ललितपुरमा रहेको बिध ल्याबले व्यक्तिगत खर्चमा पीसीआर गर्दा अहिले लाग्ने शुल्कमा आधा घटाएर दुई हजार रुपैयाँमै पीसीआर टेस्ट गर्न सुरु गरेको छ ।

अहिले अन्तर्राष्ट्रिय बजारमा पीसीआर टेस्ट किटको मूल्य ८ सय रूपैयाँमा झरेको छ । ल्याबमा अहिले ड्यान जिन कम्पनीको पीसीआर टेस्ट किटको प्रयोग गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा एउटा पीसीआर टेस्ट किटको मूल्य १६०० रुपैयाँ पर्छ । त्यतिबेला सरकारले पीसीआर टेस्टमा ५५ सय रुपैयाँसम्म उठाउन पाउने व्यवस्था गर्दा बिधले ४ हजार रूपैयाँ मात्र लिएको थियो ।

पीपीई लगायत स्वास्थ्य सामग्रीको खर्च समेत कम भएकाले आइतबारदेखि गरी पीसीआर टेस्टको शुल्क २ हजार रुपैयाँ कायम गरिएको जनाईएको छ। यस्तै विदेशबाट आएकाहरूलाई तोकिएको मूल्यमा पनि १०० रुपैयाँ छुट दिने भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति