भारतका गृह मन्त्री शाह अस्पताल भर्ना

नयाँ दिल्ली, २८ भदौ । भारतका संघीय गृह मन्त्री अमित शाह नयाँ दिल्लीस्थित एम्स अस्पतालमा अस्पताल भर्ना भएका छन् । पूर्ण स्वास्थ्य परीक्षणका लागि उहाँलाई अस्पताल भर्ना गरिएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

उनलाई गत अगस्टको २ तारिखमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि कोरोना नेगेटिभ देखिएपछि उनलाई अगस्ट १४ मा डिस्चार्ज गरिएको थियो । त्यसपछि लगातार उच्च स्वास्थ्य निगरानीमा रहनु भएका शाह त्यतिबेलाको सङ्क्रमणको अन्तिम परीक्षणका लागि अहिले फेरी अस्पताल भर्ना भएका हुन् ।

संसदको नयाँ अधिवेशन शुरु हुनु अगाडि उनको पूर्ण स्वास्थ्य परीक्षण गर्न लागिएको भारतीय अधिकारीहरूले बताएका छन् । “गृह मन्त्री शाहलाई यसअघि गत अगस्त ३० मा अस्पतालबाट उहाँको निवासमा पठाइएको थियो, अहिले फेरी उहाँलाई भर्ना गरिएको छ,” अस्पतालद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board