गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण

काठमाडौं, २८ भदौ । गण्डकी प्रदेशका ५ जिल्लामा ३२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय पोखराका अनुसार लम्जुङमा १७, पूर्वी नवलपरासीमा ८, स्याङ्जामा ४, कास्कीमा २ र तनहुँमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ हजार ९ सय ३५ पुगेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयले आइतबार बिहान ७स्५० बजे सार्वजनिक गरेको विवरणअनुसार लम्जुङको सुन्दरबजार–९ का १६ जना र बेंसिशहर–२ का एक जनामा कोरोना संक्रमण देखिएको छ ।

यसैगरी पूर्वी नवलपरासीको गैंडाकोटमा ६ जना तथा मध्यविन्दु र हुप्सेकोटका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जाको पुतलीबजारका ३ जना र बिरुवाका १ जनामा पनि संक्रमण पुष्टि भएको छ ।कास्कीको पोखरा महानगरपालिका वडा नं। १६ की २० वर्षीया महिला र वडा नं। ९ की ७० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । यसैगरी तनहुँको भानु नगरपालिका ४ का ५० वर्षीय पुरुष पनि संक्रमित भएका स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board