बाह्रबीसे पहिरो अपडेट : तीन जनाको शव फेला, उद्धारकार्य जारी

काठमाडौं, २८ भदौ । सिन्धुपाल्चोक, बाह्रबीसे नगरपालिका–७ घुम्थाङको पहिरोमा वेपत्ता भएकामध्ये ३ जनाको शव फेला परेको छ । गएराति भीरखर्कबाट सुरु भएको पहिरोले विशेष गरेर डाँडागाउँ र नागपुजेमा क्षति पुर्‍याएको नगर प्रमुख निमफुन्जो शेर्पाले जानकारी दिए ।

“गएराति भीरखर्कबाट पहिरो सुरु भएको हो । भीरखर्कका १० घर बगाएको र ३ जनाको शव भेटिएको छ । तल नागपुगेमा पनि ८ घर बगाएको छ । १५ जनाभन्दा बढी बेपत्ता छन् । भीरखर्कको सबै अवस्था अज्ञात छ । नसोचेको ठाउँमा पहिरो गएकाले यति नै क्षति भयो भन्ने अवस्था छैन,” उनले भने । स्थानिय बासीले पहिरोमा हराएका हरुको खोजि कार्य गरेको शेर्पाले जानकारी दिए । केही दिनअघि सिन्धुपाल्चोककै जुगल गाउँपालिका–२ लिदीमा पनि पहिरो गएको थियो । उक्त पहिरोमा ३६ जनाको मृत्यु भएको थियो । २ जना अझै वेपत्ता छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति