पूर्वराजा वीरेन्द्र चढ्ने जहाज काठमाडौंको सडकमा गुडेपछि……

काठमाडौं, २८ भदौ । शनिबार बेलुकी काठमाडौंको सडकमा अनौठो दृश्य देखियो । आकाशमा उड्ने र विमानस्थलमा पार्किङ गरिने जहाज सडकमा गुडेको देख्दा एकछिन त सबै अचम्ममा परे । पूर्व राजा वीरेन्द्र चढ्ने सेनाको जहाजलाई विमानस्थलबाट नारायणहिटीसम्म पुर्याएर राख्नको लागि जहाज सडकमा गुडाइएको हो । त्रिभुवन विमानस्थलमा लामो समयसम्म राखिएको जहाजलाई अब नारायणहिटी सङ्ग्रहालयमा राखिएको छ।


राति ८ बजे त्रिभुवन विमानस्थलबाट गुडाउन सुरु गरिएको जहाज तीनकुने, माइतीघर, भद्रकाली, विद्युत् प्राधिकरण हुँदै राति ११ बजे नारायणहिटी पुर्याइएको थियो । जहाजलाई सेनाको सानो गाडी र क्रेनको सहायताले गुडाइएको थियो ।

यो जहाजमा तत्कालीन शाही नेपाली सेनाको यो जहाजमा पूर्व राजा वीरेन्द्र र राज परिवारका अरु सदस्य चढ्ने गर्थे । जहाज लामो समयदेखि त्रिभुवन विमानस्थलमा राखिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति