चितवनमा थप ३१ जनामा कोरोना संक्रमणको पुष्टि

चितवन, २८ भदौ । चितवनमा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड (१९ ल्यावमा गरिएको परीक्षणमा ७ जना र चितवन मेडिकल कलेजको ल्यावमा गरिएको परीक्षणमा २४ जनामा गरी ३१ जनामा संक्रमण पुष्टि भएको हो ।
शनिबार राति सार्वजनिक गरिएको विवरणअनुसार चितवनका १५ जनासहित ३१ जनामा संक्रमण पुष्टि भएको हो । भरतपुर अस्पतालको ल्यावमा गरिएको परीक्षणमा भरतपुरका २ महिला र २ पुरूषमा संक्रमण पुष्टि भएको हो । यस्तै सुर्खेत र रौतहटका २ महिला तथा धनुषाका एक पुरूषमा पनि संक्रमण पुष्टि भएको ल्यावकी प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन् ।यस्तै चितवन मेडिकल कलजेको ल्यावमा भएको परीक्षणमा भरतपुरका ५ पुरूष र ४ महिला तथा रत्ननगरका २ महिलामा संक्रमण पुष्टि भएको छ ।

यस्तै नवलपुर गैँडाकोटका ३ महिला र ३ पुरूष, हुप्सकोट र मध्यविन्दुका एकरएक जना महिला र पुरूषमा पनि संक्रमण पुष्टि भएको छ । यस्तै बाँके, काठमाडौँ, रुपन्देही, तनहुँ र लमजुङका एकरएक जना गरी अरू ५ जनामा पनि संक्रमण भएको चितवन मेडिकल कलेजले जारी गरेको सूचनामा उल्लेख छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति