जापानमा गयो ६.१ म्याग्निच्युडको भूकम्प

टोकियो, २७ भदौ । जापानमा ६१ म्याग्निच्युडको भूकम्प गएको छ । मियागी क्षेत्रमा आज भूकम्प गएको त्यहाँको भू–गर्भ क्षेत्रमा कार्यरत अधिकारीहरुले जानकारी दिएका छन् ।

स्थानीय समयअनुसार विहान ११।४४ बजे भूकम्पको धक्का महसुस गरिएको उनीहरुले बताएका छन् । भू–गर्भविद्हरुले दिएको जानकारी अनुसार जमिनको ४० किलोमिटर गहिराइबाट कम्पन भएको थियो ।

अहिले आएको भूकम्पपछि कुनै आँधीको सम्भावना भने नदेखिएको विज्ञहरुले बताएका छन् । यो भूकम्पका कारण कुनै मानवीय तथा भौतिक क्षति भएका विवरण पनि प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् । एसियाको विकसित मुलुक जापानमा भूकम्प धेरै जाने गरेको छ । भूकम्पका कारण हरेक वर्ष धेरै जनधनको क्षति पनि हुने गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board