महामारी अनुकूल प्राथमिक उपचारको अभ्यास भन्ने मुख्य नाराका साथ आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै

काठमाडौं, २७ भदौ ।  आज विश्व प्राथमिक उपचार दिवस । महामारी अनुकूल प्राथमिक उपचारको अभ्यास भन्ने मुख्य नाराका साथ दिवस मनाइँदैछ ।


प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिवृद्धि गर्ने र प्राथमिक उपचारमा खटिने स्वयंसेवकहरूलाई सम्मान गरी हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिबार विश्व प्राथमिक उपचार दिवस मनाउने गरिन्छ ।

जीवन बचाउन, बिरामी वा घाइतेको अवस्था सुधार गर्न र चिकित्सा सेवाको पहुँच नहुने अवस्थासम्म प्रारम्भिक स्याहार गर्न प्राथमिक उपचार महत्त्वपूर्ण रहेको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । यस वर्ष विश्वव्यापी महामारी कोभिड–१९ का कारण विगत वर्षहरूमा जस्तो कार्यक्रम आयोजना नभएको तर सुरक्षा सावधानी अपनाएर प्राथमिक उपचार ज्ञान र सीप केन्द्रीत भर्चुअल कार्यक्रम, कृत्रिम अभ्यास, आकस्मिक प्राथमिक उपचार जस्ता कार्यक्रम आयोजना गरिरहेको पनि सोसाइटीले जनाएको छ ।

महामारीका बेला स्वास्थ्य संस्थामा अत्याधिक चाप हुने, डाक्टर तथा स्वास्थ्यकर्मीको उपलब्धता कम हुनसक्ने र सार्वजनिक यातायात पनि स्थगित हुनसक्ने भएकाले स्वास्थ्य सेवा आवश्यक पर्नेहरु जोखिममा पर्ने भएकाले प्राथमिक उपचार महत्त्वपूर्ण हुने नेपाल रेडक्रस सोसाइटीका महामन्त्री पीताम्बर अर्यालले जानकारी दिए । साथै रेडक्रस अन्तर्गत नेपालमा १२ सय प्रशिक्षक र तीस हजार जना प्राथमिक उपचार स्वयंसेवकहरू सेवामा खटिएका उल्लेख छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board