तीनकुनेमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं, २७ भदौ । काठमाडौंको तीनकुनेमा टिप्परको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

प्रदेश ३–०१००३ क ४५६३ नम्बर टिप्परको ठक्करबाट बा २९ प १४७९ नम्बरको मोटरसाइकलका चालक भक्तपुरका ५५ वर्षका अनिल गौतमको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । गौतमलाई गएराति पौने १० बजे टिप्परले ठक्कर दिएको थियो । उहाँको उपचारका क्रममा सिभिल अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति