भारतमा कोरोना संक्रमणमा नयाँ रेकर्ड : एकैदिन ९७ हजार संक्रमित

काठमाडौं, २७ भदौ । भारतमा कोरोना भाइरसका संक्रमित एकैदिन अहिलेसम्मकै बढी थपिएका छन् । दैनिक रेकर्ड तोडिँदै जाँदा शुक्रबार ९७ हजार ६५४ जना थपिएका छन् ।

यो अहिलेसम्मकै सबैभन्दा बढी हो । यसअघि बिहीबार ९६ हजार ७६० जना संक्रमित थपिएका थिए । बुधबार ९५ हजार ५२९ जना संक्रमित थपिएका थिए । भारतमा संक्रमित थपिनुमा परीक्षण पनि दैनिक लाखौंको संख्यामा हुनु हो । भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ४६ लाख ५७ हजार ३७९ पुगेको छ । हाल ९ लाख ५७ हजार ७८७ जना सक्रिय संक्रमित भारतमा रहेका छन् । शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी ८१ हजार ४५५ जनालाई निको भएको छ । एकै दिन निको हुनेको यो सबैभन्दा बढी हो ।

बिहीबार ७० हजार ८९९ जनालाई निको भएको थियो । बुधबार ७३ हजार ५७ जनालाई निको भएको थियो । मंगलबार ७४ हजार ६०७ जनालाई निको भएको थियो । हालसम्म ३६ लाख २१ हजार ४३८जना कोरोनामुक्त भएका छन् ।

शुक्रबार १ हजार २०२ जनाको ज्यान गएको छ । बिहीबार १ हजार २१३ जनाको ज्यान गएको गियो । बुधबार १ हजार १६८ जनाको ज्यान गएको थियो । मंगलबार १ हजार १०७ जनाको ज्यान गएको थियो । अहिलेसम्म ज्यान गुमाउने संक्रमितको संख्या ७७ हजार ५०६ पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board