कोरोना हटस्‍पट बन्दै उपत्यका, २४ घण्टामा थपिए ६९६ जना संक्रमित

काठमाडौं, २६ भदौ । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ६ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा ६२० ललितपुरमा, ३८ र भक्तपुरमा ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा कोरोनाबाट निको भई ९ सय ७२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ३६ हजार ६७२ रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

आज देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ रहेको छ भने कुल संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको उनले बताए । यस्तै हालसम्म मृत्यु हुनेको संख्या ३२२ पुगेको छ । बितेको २४ घण्टामा थप ५ को मृत्यु भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति