द्वन्द्वको स्थितिबाट छिट्टै पछि हट्‍न मस्कोमा भारत-चीनबीच सहमति

नयाँ दिल्ली । लामो समयदेखि सीमा विवादका कारण तनावमा रहेका भारत र चीनबीच द्वन्द्वको स्थितिबाट छिट्टै पछि हट्‍नेु सहमति भएको छ ।

यसअघि भारत-चीनबीच एकअर्काले सीमा क्षेत्रमा गोली हानेको आरोप लगाएका थिए भने भारतले चिनियाँ सेनाले आफ्ना पाँच नागरिकलाई अपहरण गरेको आरोप लगाएका थिए ।
बिहीबार मस्कोमा दुई देशका विदेशमन्त्रीहरूबीच भएको छलफलमा सीमाको तनाव कम गर्ने सहमति भएको हो । बेलाबेलामा दुवै देशका सैनिकहरूबीच पूर्णरूपमा निर्धारण हुन नसकेको सीमा क्षेत्रमा द्वन्द्व हुने गरेको छ ।

दुवै देशले एकअर्कालाई सीमा नाघेर आफ्नो क्षेत्रमा प्रवेश गरेको आरोपप्रत्यारोप गर्ने गरेका छन् र जुन १५ मा दुबै मुलुकबीच हिंसात्मक झडप भएको थियो । एउटा संयुक्त वक्तव्यमा दुई शक्तिशाली राष्ट्रले ‘अहिलेको अवस्था कुनै पनि पक्षको हितमा नरहेको’ बताएका छन् ।

‘त्यसैले दुवै पक्ष सीमामा रहेका सेनाले संवाद कायम राख्‍ने, छिट्टै द्वन्द्वबाट पछाडि हट्ने, आवश्यक दूरी कायम राख्‍ने र तनाव कम गर्न सहमत भएका छन्,’ भारतीय विदेशमन्त्री एस जयशंकर र चीनका वाङ यीले हस्ताक्षर गरेको वक्तव्यमा भनिएको छ ।

वक्तव्यमा शान्ति र अमनचयन कायम राख्‍ने र नयाँ व्यवस्थाहरु पनि अगाडि बढाउने बताइएको छ । यद्यपि यो व्यवस्था कस्तो खालको हुने भन्‍ने स्पष्ट पारिएको छैन । ( बीबीसी)

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board