केन्द्रीय कारागारका ४ जनामा मृत्युपछि कोरोना संक्रमण पुष्टि

काठमाडौं, २६ भदौ । काठमाडौंको केन्द्रीय कारागारका थप ४ जना कैदीमा कोरोना संक्रमण देखिएको छ । काठमाडौंको केन्द्रीय कारागारमा मृत्यु भएका थप ४ जना कैदीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

जेलर लक्ष्मी बास्कोटाले दिएका जानकारी अनुसार भदौ १६ गते मृत्यु भएका ३ जना र भदौ १९ गते मृत्यु भएका १ जनाको कोरोना संक्रमण पुष्टि भएको हो । भदौ १६ गते केन्द्रीय कारागारमा रहेका कैदीबन्दीमध्ये ४ जनाको मृत्यु भएको थियो । जसमध्ये एक जनाको मृत्युअघि नै कोरोना पुष्टि भएको थियो । केन्द्रीय कारागारकै अस्पतालमा उनीहरु सबै उपचाररत थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति